संगीत श्रष्टाको विशिष्ठ परिचय हो : संगीतकार सन्तोष श्रेष्ठ

बैशाख ०८, २०७७


नेपाली आधुनिक सुगम सङ्गीत क्षेत्रका प्रसिद्ध एवम् प्रतिष्ठित सङ्गीतकार हुन् सन्तोष श्रेष्ठ । बुवा यज्ञ बहादुर श्रेष्ठ र आमा देव कुमारी श्रेष्ठको जेठो छोराको रूपमा दाङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाइरहेका छन् ।
सानैदेखि सङ्गीतमा रमाउने सन्तोष श्रेष्ठले साङ्गीतिक यात्राको औपचारिक सुरुआत २०५६ सालदेखि गरेका हुन् । सङ्गीतका साथसाथै आफ्नो गायन र लेखनको यात्रालाई पनि सँगसँगै अगाडि बढाइरहेका छन् । रेडियो नेपालबाट स्वरपरीक्षा समेत उत्तिर्ण गरेका छन् ।
रहरको विषयलाई व्यावसाय बनाउन पाउनु भाग्यको कुरा हो भन्ने सन्तोषले सुरुवातको समयदेखि सङ्गीतलाई आफ्नो व्यावसायिक बाटोबाट अगाडि बढाइरहेका छन् । रहरै रहरमा जीवन अगाडि बढ्नु र नदी अविरल बग्नु उस्तै उस्तै लाग्छन् । हालसम्म उनीद्वारा एकल सङ्गीतवद्ध ३४ वटा एल्बम प्रकाशित भएका छन् । चिनारी, साधना, सङ्गम, गरिमा, जिन्दगीको झलक, मितेरी, सौभाग्य, क्षितिज, गुञ्जन, अनुभूति, सभ्यता, आत्मीयता, महापुरुषको नेपाल, शराब, परिभाषा, अल्बम पल्लवी, मधुरता, सरसफाइ अभियान, सुरक्षा, साथी, मित्रता, गन्तव्य, पल्लवी(२, सपना हजार मतिनाया खँ स्(मायाका कुरा), फूलझैँ जीवन, प्रवाह, जुहार, जोहो, अन्तराप, सुधारस, गुनासो, उदास जवानी, मृदुल हुन् ।
सुरुवातको समयदेखि नै सन्तोषको सङ्गीतका गीतहरू अत्यन्तै लोकप्रिय हुँदै आएका छन् । पहिलोपटकमै उनले केही सफलता प्राप्त भएपछि उनमा झन् हौसला बढेको बताउँछन् । उनले पहिलो सङ्गीत गरेको गीत आउँछु भनि निष्ठुरीले भर किन पार्नु …पहिलोपटकमै लोकप्रिय भयो । तिमीले पराई ठानेपछि पराई हुन के भयो र …यो गीत CRBT(मोबाइल रिङ ब्याक टोन) मा अहिलेसम्मकै धेरै डाउनलोड भएर इतिहासकै पहिलो गीत बन्यो । अन्य लोकप्रिय गीतहरू तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो …, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ …, किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै …, तिमीले हाँसो लुटी लाग्यौ रुँदैरुँदै बाँचेकी छु …, तिमीलाई सन्चो छैन भन्ने खवर पाएँ मैले …, परेलेको वर्षातले छातीभित्र पहिरो गयो …, तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु …, कोपिलामा सुन हुन्छ …आदि हुन् ।
स्रष्टाको साधनाले मात्रै सिर्जनाको उचाई, गहिराई र चौडाई भेटाउन सकिन्छ । सन्तोषले आधुनिक सुगम सङ्गीतका साथसाथै चलचित्रहरुमा पनि सङ्गीत दिएका छन् । राष्ट्रभावका गीत र गजल सङ्गीतमा उनको योगदान उल्लेखनीय रहेको छ । लोक, आधुनिक, शास्त्रीय तीनै विधामा अब्बल रहँदै पूर्वीय र पाश्चात्य सङ्गीतमा आफ्नो नेपाली मौलिकता जोडेर अगाडि बढेका छन् ।


सङ्गीतमा जसरी सुर ताल महत्त्वपूर्ण मानिन्छ त्यसैगरी जीवनको सुर ताल पनि मिल्नै पर्ने हुन्छ । सन्तोष श्रेष्ठले विभिन्न समयमा एकल प्रस्तुति गर्दै आइरहेका छन् । राप्ती साहित्य परिषदको भवन निर्माण तथा प्रेमप्रकाश मल्ल ञमधुकरझको सहयोगार्थ पहिलोपटक सन्तोष श्रेष्ठ एकल साँझ( २०७० दाङमा गरे । नेपालमै पहिलो एकल गजल गायन स्वरुप सन्तोष श्रेष्ठ गजल साँझ( २०७३ दाङमा गरे । राष्ट्रिय भावका गीतहरूको एकल गायन ( २०७३ पनि दाङमा गरे । यो प्रस्तुति नेपालमै पहिलो राष्ट्रिय भावका गीतहरूको एकल गायन मानिन्छ । उनले सन्तोष श्रेष्ठ एकल साँझ( २०७४ रुकुममा पनि प्रस्तुत गरेका छन् ।


हिड्नेहरू मात्रै गन्तव्यमा पुग्छन् । थाक्नेहरू चौतारीमै निदाउँछन् । जीवन हिड्नकै लागि हो । बिसाउनको लागि होइन । आफ्नो सक्रियतालाई अगाडि बढाइरहेका सन्तोष श्रेष्ठ टेलिभिजन र रेडियोहरुका स्टेसन आइडी तथा साङ्गीतिक गीत तथा धुनहरुका सङ्गीत निर्देशक हुँदै विश्वब्यापी एन.आर. एन. गीतको सङ्गीतकार तथा गायक हुन् । ७०० सय जति गीतहरुमा सङ्गीत गरेका सन्तोषले थुप्रै लोक दोहोरी गीतहरुको सङ्कलन र गायन गरेका छन् ।
आरम्भमा सङ्गीत भाषा र भाखाको दोभान हो । यसले पूर्णता प्राप्त गर्दा पञ्चतत्व जोडिएको हुन्छ । जीवन पञ्चतत्वले निर्माण भएझैँ सङ्गीत पनि पञ्चतत्वले निर्माण भएको हुन्छ । सङ्गीतका साथसाथै साहित्यमा पनि कलम चलाउने सन्तोषका दुई साहित्यिक कृति आँसु (गजलसङ्ग्रह)२०६२ र अधुरो सपना (लघुकथासङ्ग्रह)२०६८ प्रकाशित छन् । उनी प्रधान सम्पादक रहेर गजल यात्रा भाग १,२,३ (राष्ट्रिय गजल प्रतियोगिता( २०६७,६८,६९ मा बाचन गरिएका तथा अग्रज गजलकारहरुका गजलहरु समावेश गरिएका पुस्तक प्रकाशन भएका छन् । लोक तथा दोहोरी गीतमा राप्तीका श्रष्टा( २०७० मा सम्पादक रहेका छन् । सङ्गीतरत्न रत्नबहादुर (रत्नबहादुर स्मृतिग्रन्थ) २०७४ मा पनि सम्पादक रहेका छन् ।
स्रष्टाले सिर्जना सँगसँगै समालोचनालाई पनि आत्मसात गर्नुपर्ने धारण राख्छन् । समालोचना स्रष्टालाई अँध्यारोबाट उज्यालो तर्फ अगाडि बढाउने माध्यम हो । समग्रमा आफूले आफूलाई मूल्याङ्कण गर्न पनि आवश्यक छ भन्दै २०५८ देखि विभिन्न पत्रपत्रिकामा स्तम्भकारको रुपमा साङ्गीतिक समीक्षात्मक तथा समालोचनात्मक लेखनकार्य निरन्तर अगाडि बढाइरहेका छन् ।


सन्तोषले विभिन्न कार्यपत्रहरू प्रस्तुत गरेका छन् । अनाममण्डली र अन्तर्रा्ष्ट्रिय नेपाली गजल मंचको आयोजनामा राष्ट्रिय गजल महोत्सव(२०७० मा मध्यपश्चिमान्चल विकास क्षेत्रको गजलीय गतिबिधि शिर्षकमा काठमाडौँमा कार्यपत्र प्रस्तुत गरे । गीतकार संघ नेपालको आयोजनामा बृहत् स्रष्टा भेला (२०७१ मा मध्य तथा सुदूरपश्चिमको आधुनिक गीतसङ्गीतको अबस्था शिर्षकमा दाङमा कार्यपत्र प्रस्तुत गरे । यो कार्यपत्र नेपाली आधुनिक सङ्गीतको बारेमा लेखिएको पहिलो कार्यपत्र मानिन्छ । रापती समाज काठमाडौँको आयोजनामा १५० औँ मोती जयन्तीको अवसरमा बृहत् गजल गोष्ठी(२०७२ मा रापतीको गजल साहित्य र सङ्गीतको सिंहाबलोकन शिर्षकमा काठमाडौँमा कार्यपत्र प्रस्तुत गरे । रापती समाज काठमाडौं र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा १५१ औं मोती जयन्तीको अवसरमा राष्ट्रिय गजल उत्सव(२०७३ मा रापतीको गजल सङ्गीतको अवस्था शिर्षकमा काठमाडौँमा कार्यपत्र प्रस्तुत गरे ।



साङ्गीतिक यात्राको दौडमा हुँदाहुँदै पनि स्रष्टामा सामाजको विशिष्ट चेतना हुनुपर्छ भनेर आफूलाई संस्थागत संलग्न बनाउँदै अगाडि बढाएका छन् । संस्थापक अध्यक्ष– शान्ति सन्देश युवा क्लव, दाङ– २०५६, सदस्यस् द रेयूकाई नेपाल शिक्षा प्रवर्ध्दन समिति, दाङ–२०५८, सदस्यस् नवयुग नाट्य सांस्कृतिक समूह, दाङ– २०५९, संस्थापक उपाध्यक्षस् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दाङ– २०६०, संस्थापक सदस्यस् रापती समाज काठमाडौं– २०६३ (अध्यक्ष(२०६७, आजीवन सदस्यस् राप्ती साहित्य परिषद्, दाङ– २०६४, सचिबस् नेपाल साङ्गीतिक सङ्घ,काठमाडौ(२०७०, महासचिब( २०७२, २०७४, २०७६, सदस्यस् सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल,काठमाडौ(२०७१, सदस्यस् मध्यपश्चिमाञ्चल साहित्य परिषद्, दाङ– २०७३, संयोजकस् बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(युनाना) युनाना(नेपाल कलाकार मैत्री मञ्च( २०७३, सदस्यस् अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ग्लोबल समिति गीतसङ्गीत प्रवर्ध्दन समिति, नेपाल ( २०७४, आजीवन सदस्यस् विश्व कलाकार महासंघ, नेपाल – २०७५ आदि ।
जीवनको उकाली ओराली जस्तै सङ्गीतको सरगम आरोप अबरोह पनि उस्तै हो । साङ्गीत र जीवन परिपूरक छन् । सन्तोषको साङ्गीतिक योगदानको मूल्याङ्कन गर्दै विभिन्न सङ्घ संस्थाबाट सम्मान र पुरस्कार प्राप्त गरेका छन् । खुल्ला लोकगीत प्रतियोगिता प्रथम( २०५६, सर्वोत्कृष्ट राष्ट्रिय दोहोरी गायक पुरस्कार– २०६२, राष्ट्रिय दोहोरी गीत प्रतियोगिता द्वितीय– २०६२, राष्ट्रिय दोहोरी गीत प्रतियोगिता प्रथम – २०६३, राष्ट्रिय सम्मान–२०६३ काठमाडौ, (बालअधिकारको क्षेत्रमा वर्षकै सर्वोत्कृष्ट गायक), राष्ट्रिय दोहोरी गीत प्रतियोगिता– २०६४ रेडियो नेपाल, प्रथम, राष्ट्रिय युवा प्रतिभा पुरस्कार– २०६६, तोयाराम– ईश्वरादेवी साहित्य पुरस्कार– २०६७, म्युजिक खबर म्युजिक अवार्ड(२०१२ (सर्वोत्कृष्ट सङ्गीतकार), रापती म्युजिक अवार्ड(२०६९ (सर्वोत्कृष्ट सङ्गीतकारर अल्बम, रापती साँस्कृतिक प्रतिभा पुरस्कार(२०६९, सोसल डेभलपमेन्ट अवार्ड (२०१३, मिलाप सम्मान( २०७०, एम मिडिया सङ्गीत कला सम्मान( २०७०, नारायण पाण्डेय दोहोरी प्रतिभा पुरस्कार(२०७१, नेशनल क्यापिटल अवार्ड(२०१५ (बर्ष सङ्गीतकार ), बिशेष साङ्गीतिक चिन्ह( २०७३, दोस्रो नेशनल क्यापिटल अवार्ड( २०१६(सर्वोत्कृष्ट सङ्गीतकार), सेतुराम सङ्गीत साधना सम्मान( २०७३, परिवर्तन विशेष सम्मान (२०७३, नारायण गोपाल युवा संगीत पुरस्कार( २०७३, यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार( २०७३, पानसरी(मनवीर गजल सङ्गीत पुरस्कार(२०७३, विष्णुदेवी साहित्य सर्जक पुरस्कार(२०७३, रापती म्युजिक अवार्ड(२०७३ (जुरी अवार्ड (सर्वोत्कृष्ट सङ्गीतकारर अल्बम), यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार( २०७३, जेसीज उत्कृष्ट युवा पुरस्कार( २०७३, रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता( २०७४ (सर्वोत्कृष्ट सङ्गीतकार, चौथो सुन्दरदेवी सन्देश म्युजिक अवार्ड(२०७५ (सर्वोत्कृष्ट पप सङ्गीतकार), चौथो नेशनल क्यापिटल अवार्ड( २०१८ (सर्वोत्कृष्ट सङ्गीतकार शास्त्रीय सङ्गीत), नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड( २०१८(सर्वोत्कृष्ट राष्ट्रिय भावको सङ्गीतकार), राप्ती अन्तर्रा्ष्ट्रिय म्यूजिक अवार्ड(२०७५(सर्वोत्कृष्ट सङ्गीतकार), विश्व कीर्तिमान कायम(वातावरण सम्बन्धि ३६५ जना मध्ये एक गायक) GUINNESS WORLD RECORDS MOST VOCAL SOLOS IN A SONG RECORDING,सगरमाथा म्यूजिक अवार्ड( २०७५(सर्वोत्कृष्ट राष्ट्रिय भावको सङ्गीतकार), अन्तर्रा्ष्ट्रिय छाँयाछवि अनर अवार्ड्स(२०१८,थाइल्यान्ड, गीत सम्मान(२०१९,सिक्किम, सगरमाथा म्यूजिक अवार्ड( २०७६ (सर्वोत्कृष्ट सङ्गीतकार), नेश्नल फेस्टिभल म्यूजिक अवार्ड( २०७६ (सर्वोत्कृष्ट सङ्गीतकार), प्राइम टाइम्स तीज म्यूजिक अवार्ड( २०७६ (सर्वोत्कृष्ट सङ्गीतकार), स्टार इन्टरनेश्नल अवार्ड( २०१९ (सर्वोत्कृष्ट चलचित्र सङ्गीतकार), कतार, पाचौ सुन्दरदेवी सन्देश म्युजिक अवार्ड(२०७६ (सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार), थइल्याण्ड, रापती म्युजिक अवार्ड ( २०७६ (जुरी अवार्ड (सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार), अन्तर्रा्ष्ट्रिय छाँयाछवि अनर अवार्ड्स(२०१९( दशकको सर्वोत्कृष्ट सङ्गीतकार), दुवई, Extraordinary Talent Award- 2019( Music composition), EXCLUSIVE GOLDEN AWARD- 2020( Music composition), INDIA STAR REPUBLIC AWARD- 2020(Music composition)   आदि ।


विभिन्न कार्यक्रममा सन्तोष श्रेष्ठ निर्णायकको भूमिकामा रहँदै आएका छन् । डी.सिने. अवार्ड(२०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४, २०७५ काठमाडौं, नेपाल साङ्गीतिक सङ्घ सम्मान तथा पुरस्कार छनौट( २०७१,२०७२, २०७३, २०७४, २०७५ काठमाडौं, हिरो अफ भ्वाईस(२०६९,दाङ, प्युठान आइडल (२०७१,प्युठान, एस.एल. सी. ट्यालेण्ट सो( २०७२, काठमाडौं, एसिएन स्टार प्रतिभाको खोजी( २०७३, काठमाडौँ, सुन्दरादेवी सन्देश म्यूजिक अवार्ड( २०७३,२०७४, नुवाकोट, रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिता( २०७३, दाङ, रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिता( २०७४, दाङ, अन्तर विद्यालय स्तरीय आधुनिक गीत गायन प्रतियोगिता( २०७४, काठमाडौं, मीस लिटिल प्रतियोगिता( २०७५, दाङ, नेश्नल पावर न्यूज म्यूजिक अवार्ड( २०७५, काठमाडौं, चौंथो काठमाण्डौ सर्ट फिल्म फेष्टा( २०७६, काठमाडौं आदि ।


साङ्गीतिक कर्ममा निरन्तर अगाडि बढिरहेका सन्तोष विशेष साङ्गीतिक भ्रमण गर्दै भारत, कतार, ओमन, वहराइन,थाइल्याण्ड, बङ्गलादेश, दुवई सम्म पुगेका छन् ।
राष्ट्रकवि माधव घिमिरे र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीका गीतमा सङ्गीत गरिसकेका सन्तोषले नेपालका थुप्रै विशिष्ट कवि, गीतकारका गीतमा सङ्गीत गरेका छन् भने थुप्रै विशिष्ट गायक गायिकाका स्वरमा सङ्गीत दिएका छन् । राम्रो सिर्जनात्मक क्षमता भएमा अग्रज देखि अनुजसँग साङ्गीतिक सहकार्य गर्न मन पराउँछन् । अग्रजको अनुभव र अनुजको उर्जालाई जोडेर अगाडि बढेमा नेपाली सङ्गीत अझैँ बलियो हुने बताउँछन् । सम्पूर्ण सङ्गीतकर्मीहरू मिलेर नेपाली सङ्गीतलाई विश्वव्यापी बनाउन सकेमा नेपाली सङ्गीतको परिचय विश्वमै फरक र विशिष्ट हुने बताउँछन् ।
फुर्सदको समयमा अग्रज स्रष्टाको निवासमै पुगेर उनीहरुका अनुभव सुन्ने र सङ्गीत भन्दा फरक विषयका पुस्तकहरुको अध्ययन गर्ने सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत स्रष्टाको विशिष्ट परिचय हो यो केवल सस्तो मनोरञ्जनको माध्यम मात्रै होइन र यसमा स्रष्टा आफैँ विवेकशील हुन आवश्यक छ भन्छन् ।