विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख भन्दा वढी

विश्वमा कोरोना संक्रमणको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख ६ हजार नाघेको छ। संसारभर ७० लाख ८६ हजार ७४० जना कोरोना भाइरसबाट संक्रमित छन् । त्यस्तै अहिलेसम्म विश्वभर ३४ लाख ६० हजार १७१ जना ठिक भएका छन्।
अमेरिकामा २० लाख वढी संक्रमित भएका छन् भने एक लाख १२ हजार ४४९ जनाको मृत्यु भएको छ। ७ लाख ६१ हजार ७०८ निको भएर फर्किएका छन्।
ब्राजिलमा ६ लाख ९१ हजार ९६२ जना संक्रमित भएका छन् भने ३७ हजार ३१२ जनाको मृत्यु भएको छ। अहिलेसम्म ३ लाख २ हजार ८४ जना ठिक भएका छन्।
रसियामा अहिलेसम्म ४ लाख ६७ हजार ६७३ जना संक्रमित भएका छन् भने ५ हजार ८५९ जनाको कोरोनाबाट मृत्यु भएको छ। त्यस्तै अहिलेसम्म २ लाख २६ हजार ७३१ जना ठिक भएका छन्।
बेलायतमा अहिलेसम्म २ लाख ८६ हजार १९४ कुल संक्रमित भएका छन् भने ४० हजार ५४२ जनाको मृत्यु भएको छ।
इटालीमा २ लाख ३४ हजार ९९८ जना कुल संक्रमित भएका छन् भने ३३ हजार ८९९ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ६५ हजार ८३७ जना निको भएर फर्किएका छन्।
भारतमा अहिलेसम्म २ लाख ५७ हजार ४८६ जना संक्रमित भएका छन् भने ७ हजार २०७ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म एक लाख २३ हजार ८४८ जना ठीक भएर घर फर्किएका छन्।