सप्तरीको एउटै स्थानीय तहमा थपिए १६ कोरोना संक्रमित

जेठ २६, २०७७


सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।