मोरङमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि
जेठ २६, २०७७

मोरङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार मोरङको लेटाङ र रतुवामाई नगरपालिकामा दुई–दुई तथा धनपालथान गाउँपालिकामा पाँच जना गरी ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु १२ देखि ४० वर्ष उमेर समूहका रहेका छन्।
योसँगै मोरङमा मात्रै कोरोना संक्रमितको संख्या २८ पुगेको छ।