रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

जेठ २६, २०७७     सम्पूर्ण कुरा


रुकुम पश्चिमको घटनाबारे छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ।

घटनाबारे छानविन गर्न सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको हो। सभामुख अग्निप्रसाद सापकोटाले पौडेलको संयोजकत्वमा सोती घटनाबारे छानविन गर्न विशेष समिति गठन गरिएको घोषणा गरेका हुन्।

समितिको सदस्यहरुमा सांसदहरू प्रकाश सराइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव, इकवाल मियाँ, दुर्गा पौडेल र पावर्ती विशुंखे रहेका छन्। समितिलाई  जाजरकोटका ६ जना युवाको ज्यान जाने गरी घटेको घटनाबारे छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न समयावधि दिइएको छ।