फिल्म ‘परिस्थिति’ सार्वजनिक

असार ०२, २०७७


कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनयता थुप्रै छोटा फिल्म सार्वजनिक भएका छन् । दर्शकका लागि भन्दै डिजिटल प्लेटफर्म मार्फत उक्त फिल्म सार्वजनिक हुने गरेका हुन् । 

यस्तैमा छोटो फिल्म ‘परिस्थिति’ पनि सार्वजनिक भएको छ । अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामाङ, मनिष गौतम, आर सी रिमाल र देवराज भण्डारीको अभिनय फिल्ममा देख्न सकिन्छ । 

मित्र डी गुरुङको निर्देशन रहेको फिल्ममा क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेको फिल्ममा राजकुमार श्रेष्ठको छायाँकन, मनिष गौतमको लेखन रहेको छ ।

परिस्थितिका अगाडि मानिस कसरी बाधिन बाध्य हुन्छ भन्ने कुरा देखाउन खोजेको फिल्म ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन् । 

फिल्म हेर्नुहाेस ।