ढु‌ंगा खसेर लाग्दा एक चिनियाँ नागरिककाे मृत्यु, एक घाइते

असार ०४, २०७७


असार ४ : ढुंगाले लागेर लमजुङको उत्तरी भेग मर्स्याङदी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक चिनियाँ नागरिकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्। आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुंगा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा आज बिहान मृत्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए। ढुंगाले ट्रकमा समेत क्षति पुगेको छ।  त्यस्तै आयोजनाकै इञ्जीनियर लुच्याङ घाइते भएको छन्। उनको बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए। दुवै चिनियाँ नागरिक हुन्।  मृतक उवक्सीको घुँडा र टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको आयोजनाले जनाएको छ।