पल,बले र रियाशाको ‘ए है माया’ रिलिज!(भिडियो )

असार ०४, २०७७


अभिनेता पल शाह, मोडल सागर लम्साल र रियाशा दाहालले अभिनय गरेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । लक डाउन केही खुकुलो भएपछि भौतिक दुरी कायम गरि यो भिडियो निर्माण गरिएको हो ।

‘ए है माया’ बोलको गीतकोमा पल, बले, रियाशासँगै सुधिर श्रेष्ठलाई हेर्न सकिन्छ । दीपक शर्माको संगीत रहेको यो गीतमा सरोज ओली र मेलिना राइको स्वर, सरोजकै शब्द छ ।

विक्रम स्वारको कोरियोग्राफीमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन छ । भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतीप्रतिको मायालाई देखाइएको छ ।

भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नु पर्ने सन्देश प्रदान गरेको छ ।

भिडियो हेर्नुहोस