अलमलिएको प्रेम

असार ०६, २०७७     चिन्तामणि रेग्मी


लकडाउनले प्रभावित भएपश्चात विकास निर्माणको काम सुचारु गर्न पुन अफिसमा चहलपहल शुरु भएकोे दिन । भित्ताको घडिले ५ बजेको जनाउ गरेलगत्तै म कुर्सी छोडि सरासर कोठातर्फ लागे । गर्मी बिस्तारै चढन शुरु गरिसकेको थियो । म ड्रेस चेन्ज गरेर हातखुट्टा धोइउरी बिस्तारामा पल्टिए । आजभोलि एक्लै हुँदाको सबैभन्दा नजिकको र भरपर्दो साथी भनेको मोवाइल न हो । गोजिबाट मोवाइल झिकेर वाइफाइ अन गरे । एकैछिन अनलाईन खरब डट कम खोलेर मुख्य समाचार शिर्षकहरु सरसर्ति नियालिसकेपछि फेसबुकको संसारमा समाहित भए । एउटा नँया नामबाट फेण्ड रिक्वेष्ट आएको रहेछ नाम थियो कोपिला । प्रोफाइल खालेर हेरिसकेपछि कन्र्फर्म भयो उ त्यहि कोपिला रहिछ जो कुनै समय मेरो जिवनको सबैभन्दा नजिकको साथी थिई । जससंग कुरा नगरेको न कुनै दिन हुन्थ्यो न कुनै रात । यस्तो लाग्थ्यो उसको बोलि नसुनेर शुरुवात गरेको कुनैपनि दिनचर्याले सायद पुर्णता पाउन सक्दैन । उसंगको सम्पर्क नै मेरो दैनिकी हो । तर समय सदैव त्यस्तो रहेन । चाहे त्यो प्रगती होस वा सम्बन्ध आवस्यकता भन्दा रफ्तारमा कुदयो भने एक्सिडेण्ट हुन्छ । हाम्रो सम्बन्धले पनि आवस्यकता भन्दा धेरै गति लिएर होला छिटै अन्त्य भएको थियो । त्यसपछि हामि एकअर्काप्रति पुर्णरुपले बेखबर थियौ ।

आज उसको रिक्वेस्टले अचानक मलाई विगततर्फ फ्ल्यासब्याक गरायो । उसले मसँग अन्तिम पटकको कुरामा भनेको एउटा वाक्य कानमा आएर बारबार गुन्जिरह्यो । उसले भनेकी थिई मैले जिन्दगीमा प्रेम त तिमिसंग गरे बाकि सम्बन्धहरु त केवल तिमिलाई भुलाउने बहाना मात्र हुन । फेरी एकपटक उसले फेसबुकमा लेखेको अन्तिम स्टाटस सम्झन्छु उस्ले सोच्यो होला म उसलाई भुले तर जुन दिन म मर्नेछु त्यहि दिन मेरो मायाको अन्त्य हुनेछ ।

म बिस्तराबाट जुरुक्क उठे, बाथरुम छिरे, र फेस वासले मुख धोएर कोठामा फर्के । तरपनि मेरो कल्पनालाई फेस वासले वास गर्न सकेन । विगतको सम्झना रोकिने छाँट देखिएन, झनै चुलिदै पो गयो ।
उ संग भेट हुनुको अघिल्लो रात हाम्रो फेसबुकमा रातभर च्याट भएको थियो । त्यतिबेलासम्म हामिले एकअर्कालाई प्रत्यक्ष रुपमा देखेका थिएनौ । देखौ पनि कसरी उ नेपालको पुर्वि सिमानाकी केटि म मध्य पश्चिममा जन्मे हुर्केको । दाङ जिल्ला काटेर काठमाण्डौ गएको पनि बल्ल १ महिना त भएको थियो मेरो । उ पनि केहि दिन अघिमात्र काठमाण्डौ छिरेकी थिई । फेसबुकमा जोडिएको भने करिब आधा बर्षजति भएको हुदो हो । फेसबुुकमा रिक्वेस्ट पनि उसैले गरेकी थिई । कहिल्यै केटिको रिक्वेस्ट नआउने मलाई कोपिला … वान्ट्स टु बि योर फ्रेण्ड भनेर फेसबुकमा देखाएको थियो । गाजल लगाएका ठुला ठुला आँखा, पुक्क परेका गाला, स्टेट गरेको कपाल, निधारमा रातो टिका, हल्का लिपिष्टिक दलेका पातला ओठ शुरुमा त विस्वासै लागेन । कसैले जिस्काउनलाई फेक आइडी बनाएर रिक्वेस्ट गरेहोला जस्तो लाग्यो । विस्वास नलागी नलागी भ्यु प्रोफाइमा क्लिक गरेर डिटेल चेक गरे । अवाउटमा गएर सबै कुरा नियाले साथै फोटोहरु पनि सबै रियल नै लागेपश्चात रिक्वेट एसेप्ट गरे । त्यतिबेला मलाई त प्रपोज नै एसेप्ट गरेजस्तो लाग्यो । मनको लड्डु घ्युसंग खाए ।
रिक्वेस्ट एसेप्ट गरेलगतै उसको प्रोफाइलमा हरियो बत्ति बलेको देखियो । कोपिला अनलाइनमै रहिछ । त्यसपछि त दिमागले सोच्न नपाउदै मन कुदिहाल्यो आफ्नै गतिमा त्यो भन्दा अगाडी औलाहरु चले । हाई लेखेर च्याट बक्समा पठाए । लगत्तै उताबाट पनि रिप्लाई आयो हजुर । तिमिले मलाई चिन्दछ्यौ ? मैले प्रश्न गरे । नाई उताबाट जवाफ आयो । कसरी रिक्वेस्ट गर्यौ त ? फेरी सोधे । तपाईको प्रोफाइल पिक्चर मनपर्यो अनि । त्यो बेला मैले कालो चश्मा लगाएको कतै बढ्दै गरेको जस्तो देखिने सांकेतिक तस्विर प्रोफाइल पिक्चर राखेको थिए । किन रिक्वेस्ट गर्न नमिल्ने हो र ? प्रतिप्रश्न गरी । मिल्छ मिल्छ किन नमिल्नु कतै देखेकी थियौ कि भनेर सोधेको नि मैले प्रष्टिकरण थिए । त्यसपछि एकअर्काको परिचय आदानप्रदानसंगै केही व्यक्तिगत कुराहरु समेत हुन थाले । विस्तारै फोन नम्बर समेत आदानप्रदान भयो ।

काठमाण्डौ गएपश्चात घरको यादले सताइरहेको थियो । राजधानिमा खासै एडजस्ट हुन पनि सकिराखेको थिएन । समय पनि आफुअनुकुल नचलेको भान भइराखेको थियो । एकदिन खाना खाइसकेपछि खाटमा पल्टिए । जतिपटक कोल्टे फेरेपनि निद्रादेबिले वास्ता नगरेपछि मोवाइलको डाटा अन गरेर फेसबुकलाई रात्रिकालिन स्वागत गरे । सिधै च्याट लिस्ट नियाले । शुरुमै कोपिलालाई देखेपछि त्यो भन्दा तल आँखा लैजाने चेष्टा नै गरेन । त्यो दिन रातभर हाम्रो कुरा भयो । रातभर नसुतेर मसंग कुरा गरेपछि मलाई अलि आँट आयो बिहानिपख मैलै प्रपोज गरे । कोपिला यो बिरानो ठाउमा आएदेखि मैले आफुलाई एक्लो महशुस गरिराखेको छु, मलाई तिम्रो साथको जरुरी छ, म तिमिलाई हृदयदेखि नै चाहन्छु आइ लभ यु कोपिला । टुङ टुङ म्यासेज बज्यो तिमिले मलाई चेक गरेको हो ? के भन्छे भनेर जाचेको हो ? होइन मैले सिरियसलि भन्दैछु मैले तिमिलाई पहिलेदेखि नै माया गर्थे कोपिला बिलिभ मि आई लभ यु फरइभर । म संग जोक नगर सुत तिमि म तिमिसंग भेटेर कुरा गर्छु यति भनेर उ अफलाइन भई । एकछिन घोरिएर सोचे एउटा साथि त थिई कहिलेकाहि मन भुलाउने, सम्झाउने । एकछिन नसुतेर च्याट गरी भन्दैमा मैले त्यसरी बुझ्न नहुने । अहिलेसम्म मनको कुरा मनमै राखेको थिए ठिकै थियो । खुब आफ्नै नबनाइ नहुने भयो केटा बल्ल खाईस होला नि अब मनले यस्तै सोच्यो । कोपिलाले के सोचि होलि जस्तो लाग्यो । पश्चाताप लागिरह्यो खाना खान मनै लागेन पल्टिएको निदाएछु ।

भोलिपल्ट दिउँसो १२ बजेतिर कोपिलाको फोन आयो । म अघिल्लो रात राम्रोसगं निद्रा नपुगेकोले सुतिराखेकै थिए । किन फोन गरी होला भन्ने सोच्दै फोन रिसिभ गरे । हेलो भनिसकेपछि उताबाट आवाज आयो के गदैर्छौ ? केहि गर्दै छैन यत्तिकै पल्टिराथे के गर्नु र बेरोजगार मान्छे । त्यसपछि उ बोलि ए हो म तिम्रोतिर आउदै छुनि । गाउबाट मामाको छोरा भाई आएको छ, उसलाई पशुपति घुमाउन लिएर आउदै छु । तिमिपनि ठिक १ बजे आउ न ल । मैले केहिपनि नसोचि हुन्छ भनिदिए । फोन राखिसकेपछि बिहानको कुरा सम्झे ला फसियो अब । पक्कैपनि उसले मेरो पागलपन सम्झेर मलाई सम्झाउनलाई बोलाकि होलि नत्र बिहानसम्म त च्याट नै भएको थियो पशुपति आउने कुनै कुरा नै भएको थिएन । भाईलाई घुमाउन ल्याउने कुरा के संयोग मात्र हो त ? डरको भुत त अब पो सक्रिय हुन थाल्यो । मन सार्है दोधारमा रुमलियो । प्रेमको कम्पनले कठोर हृदयमा पनि आधिबेहरी ल्याएर हलचल मच्चाइदिनसक्छ भन्थे हो रहेछ । अन्यमा मनमनै जाने नै निष्कर्ष निकाले । आखिर उसले पनि त मलाई एक्लो भएको महसुश गरेर नै हाम्रो साथित्वलाई निरन्तरता दिने उदेश्यले सम्झाउन बोलाएकी होली, मैले पनि सरी भनेर गल्ती स्वीकार गरेभने कसो एक्सक्युज नगर्ली र ?
म पुरानो चावहिल बस्थे उ ठिमी । पौने १ बजेतिर कोपिलालाई फोन गरे उ कोटेश्वर आइपुगे भन्दै थिई । अनि हतार हतार डे«स चेन्ज गरेर गौशाला पुगेर उसलाई फोन गरे । उ भर्खरै आइपुगेकी रहिछ । पशुपति छिर्ने गेटैनिर भेट भयो । कोपिला कालो सर्ट र निलो जिन्समा थिई त्यो दिन । भाई पनि उसको पछिपछि हिडिराखेको थियो । नजिकै आउदाँ मलाई यो साच्चिकै कोपिला नै होर जस्तो लाग्यो । फोटोमा उ अलि अग्ली लाग्थि रियलमा अलि होचि लाग्यो तर फोटोमा भन्दा रियलमा अझै हसिली र मायालु लागी । मैले हाई भनेपछि मुसुक्क हासि र लजाई । लाज छताछुल्ल पोखियो ।

विस्तारै भाईतिर फर्कीएर भाईसंग परिचय गराई । उसको भाई काठमाण्डौ इन्ट्रान्सको एक्जाम दिन अस्तिमात्र आएको रहेछ । हिजो एक्जाम सकिएपछि आज विहानमात्र उसकोमा आएर घुम्न जाने इच्छा व्यक्त गरेकोले उसले घुमाउन लिएर आएको कुरा बुुझियो । त्यसपछि भाईलाई पशुपतिनाथको मन्दिर वरिपरि सरसर्ति देखाइदियौ । साथै मैले दिदि भाइको केहि थान फोटो समेत खिचिदिए । भाईपनि मख्ख पर्यो । त्यसपछि उसले भाईलाई मन्दिर वरिपरि घुम्न मन भए एकछिन भित्र गएर अवलोकन गर्न आग्रह गरी भाई भित्र छिर्यो । कोपिला र म एकछिन त्यहि बसेर गफियौ । एकअर्काको वारे सामान्य जानकारी, अवको प्लान आदिका वारेमा थोरै शेयर भयो । भाई आइसकेपछि हामि त्यहाँबाट निस्कियौ । उसले कतै गएर खाजा खाने इच्छा राखि । नजिकैको होटेलमा छिरेर चाउमिन खायौ । उसले खाजाको बिल तिरी । साउजीको हातमा पैसा परिसकेपछि कोपिलालाई पैसा त मैले तिरिहाल्थे नि भनेर औपचारिकता प्रकट गरे । उसले होइन पर्दैन मैले दिइसके भनि । ल तिर नत भनेको भए मसंग गोजिमा पैसै थिएन । म त हतार हतारमा गोजिमा पैसा नबोकेरै हिडेछु । अलि असहज महसुस भयो । होटेलबाट निस्केर हामि बाहिर गाडि लाग्ने ठाउमा आएर रोकियौ । गाडि आएपछि उनिहरु गाडिमा चढे । म हात हल्लाउदै बिदा भएर कोठातर्फ लागे ।

कोठामा पुगेर एकैछिन रेष्ट गरेर म खाना पखाउने तयारी गर्दै थिए मोवाइल बज्यो । हेरे कोपिलाको फोन रहेछ । फोन रिसिभ गरेर हेलो भन्दा नपाउदै कोपिला पड्किहालि के हो मान्छेलाई कसैको वास्ता पनि छैन है ? मान्छे कहाँ गए के गरे केहि मतलव छैन ? एक कल फोन गर्न नि सकिदैन । म अवाक भए । बल्ल थाहा भयो मेरो प्रपोज एक्सेप्ट पो भएछ । मनमनै साचे म पनि कस्तो बुद्दु मान्छे । त्यत्रो दिनभर सगै बिताउदा पनि मैले उसको मन बुझ्न सकिन । बुझ्नु पनि कसरी जिवनमा कहिल्यै प्रेम गरेको भए पो यहि तर्क गर्दै आफ्नो मनमा निम्तिएको ग्लानीलाई दुर गर्ने कोशिश गरे । त्यसपछि उसलाई भने हिजो निद्रा पुगेकै थिएन कोठामा आएर पल्टेको भुसुक्क निदाएछु । तिम्रो फोनले ब्युझायो । खुब गफाडि धेरै गफ नदेउ मलाई यस्तो मान्छे मन पर्दैन उसको रिस मरेको थिएन क्यार । सत्य हो के, सरी ल अबदेखि तिमिलाई मैले भन्ने मौका नै दिन्न फोन गरेको गर्यै गरेर सताउछु अनि थाहा हुन्छ । साच्चि हो, ल ल हेरौला, साझ अलि छिटै अनलाइन आउ है मलाई आज तिमिसंग कस्तो कुरा गर्न मन लागेको छ । मैले पनि हुन्छ भनेर फोन राखिदिए । फोन राखेपछि सर्वप्रथम लज्जाबोध भयो । जिन्दगी भनेकै सिकाई त होनि मान्छेले आवस्यकता भन्दा बढी अपेक्षा गर्यो भने मानिसलाई त्यति अपेक्षाले पतनको दिशामा डोर्याउछ र अपेक्षा नराखेर गरेको कार्यले सार्थकता पाउँदाको आनन्दको त्यो छोटो पलको प्राप्तिका लागि नै हामि संघर्षको गन्तव्यहिन पथमा सयर गरिराखेका हुन्छौ । मलाई पहिले नै उसले पनि मलाई स्विकारिसकेको कुरा थाहा हुदो हो त यस घडिमा पहिलोपटक कसैले मेरो प्रेम स्विकार गर्दाको यो असिम खुशिको बहार मैले जिवनमा कसरी अनुभुत गर्न पाउदो हु । एकपटक शरीर तरंगित भयो । हतार हतार खाना बनाउन थाले । खाना खानेबित्तिकै फेसबुक अन गरिहाले । अघिसम्म छिटोछिटो कुदेजस्तो लाग्ने समय अब लत्रिदै घस्रिदै अघिबढेजस्तो काहिलेकाहि त रोकिएर बिश्राम गरेजस्तै पो लाग्न थाल्यो ।

अन्य कुराईहरुभन्दा यो मायाको कुराई हजारौ जहारौ गुणा कठिन पो हुदो रहेछ । त्यसपछि हामि निरन्तर च्याटमा गफिन थाल्यौ । साँझको ३–४ घण्टा अनलाईन बस्नु हाम्रो कार्यतालिका नै बन्योे ।
त्यसपछिको शनिवार युएन पार्क घुम्न जान मैले प्रस्ताव गरे । उसले शुरुमा त हुदैन भनि तर मैले अलि धेरै रिक्वेस्ट गरेपछि आउनलाई राजि भई । हामि शनिवार ११ः२० बजे युएन पार्क जाने पुर्वतिरको बाटोमा भेट भयौ र सगंसगै युएन पार्क छिर्याै । मनले थोरै रोमाञ्चकता थोरै डरसंगै एकदमै फरक अनुभुति गर्दै थियौ । बस्ने ठाउ खोज्दाखोज्दै हामि माथिल्लो कुनानेर पुगेर एउटा रुखको मुन्तिर बिश्राम लियौ । त्यसदिन म उसंग आँखा जुधाएर बोल्न सकिरहेको थिएन र उ पनि त्यस्तै हालतमा थिई । कस्तो लाग्यो त यो ठाँउ, बिहान के के गर्यौ यस्तै सामान्य कुराहरु गरिसकेपछि अब के भन्ने के भन्ने जसो भयो । बोल्ने शब्दहरु केही नभेटेपछि गोजिबाट मोबाइल झिकेर चलाउन थालेछु । केही काम नभेटेपछि मोबाइल खेलाएर बस्ने मेरो आदत नै हो । तिमिपनि कस्तो मान्छे भेटन बोलाएर मोवाइल खेलाएर बस्ने । उ बोेलेको सुनेर म झसंग भए । शरमले शरीरमा काउकुति लगायो । लगत्तै सम्हालिएर बोले भन न मैले सुनि त राछुनि अनि उतिर हेरेर मुसुक्क हासिदिए । उ पनि मुसुक्क हाँसि । केहिबेरमा पानि पर्न थाल्यो । धन्न उसले छाता बोकेकि रहिछ । त्यहि छातामा ओत लागेर केहिबेर बस्यौ । पानि रोकिने छाटँ नदेखेपनि हामि त्यहाँबाट हिड्यौ । त्यो सानो लेडिज छाताले पानिबाट पुरै बचाउन सकेन । गाडि पाउने ठाँउमा पुगेर हामि आफ्नो आफ्नो गन्तव्यतिर लाग्यौ । मैले त्यो दिन झोलामा एउटा किताब पनि राखेको थिए । पानिले त्यो किताबको किनारा सबै भिजाएको रहेछ कोठामा पुगेपछि थाहा भयो । तर मलाई त्यो किताबलाई घाममा लगेर सुकाउन मन लागेन । किनकि त्यसले पुनः त्यो समय फिर्ता गराउन नसकेपनि कम्तिमा हाम्रो पहिलो डेटको याद त भुलाउदैनथ्यो ।
त्यसपछिको शनिबार हामि गोदावरी गयौ । मैले टिकट लिएर भित्र छिरिसकेपछि हिड्ने क्रममा पहिलो पल्ट उसको हात समाले । उसले पुलुक्क हेरि तर कुनै प्रतिक्रिया जनाइन । केहि अगाडि मान्छे देखिएपछि खै छाड भन्दै हात छुटाई । हामि त्यहाँको वातावरणसंग समाहित भयौ । विभिन्न सुन्दर फुलहरुसंग रमायौ । चराहरुको चिरविरसंगै हरायौ । उपनि निकै रमाएकि देखिन्थि ।

फुलहरुलाई स्पर्श गर्दै हेर त कति राम्रो आहा भन्दै मलाई देखाउथि । आज एउटा माहौल बनेको थियो– प्रेमिल माहौल । त्यहि प्रेमको गहिराईमा हामिले डुबुल्कि मारिरहेका थियौ । उ हास्दा उसको गालामा डिम्पल पर्ने गथ्र्यो जसले मलाई मोहित बनायो । आज उ अन्य दिनहरुभन्दा बिछट्टै राम्री लाग्यो । फुलबारी घुमेर हामि नजिकैको बेञ्चमा बिश्राम गर्यौ । यस्तै जिस्कने क्रममा मैले उसलाई पिटन खोजेझै गरेर मेरो हात उसको कुममा लगेर राखे । उसले पनि आफ्नो टाउको मेरो काधमा ल्याएर छोडिदिई । घाम अस्ताउने बेलामा हामि त्यँहाबाट बाहिरियौ । मैले त्यस दिन साझ शुरेश सुमन दाईले लेखेको एउटा गितको २ लाइन स्टाटसमा राखे– जिवन जिउन केहि त आधार चाहिन्छ, मलाई अरु होईन तिम्रै प्यार चाहिन्छ । साझँ च्याटमा उसले सोधि कति प्यार चाहिन्छ तिमिलाई ? मैले भने कहिल्यै नअघाउने गरी । उसले भनि अबको भेटमा तिम्रो प्यास मेटाइदिन्छु । मैले जवाफ दिए तिमिले जतिसुकै प्यार गरेपनि यो मायाको प्यास कहिल्यै मेटिदैन । सच्चा प्रेम जहिलेसुकै अजर अमर रहन्छ मेरो मायाको प्यास पनि त्यस्तै हो तिम्रो उपस्थितिले मनलाई एकछिन त भुलाउला तर महत्व कहिल्यै घटदैन ।


एकदिन मैले उसंग च्याट गर्दा जिस्केर भने मलाई तिम्रो आईडी पासवर्ड देउ म मेरो आाईडी पासवर्ड दिन्छु हामि एकअर्काको एकाउन्टबाट कुरा गरौ । उसले मेरो प्रस्तावलाई इन्कार गरी । मैले भने अब तिमि र म मा गोप्य राख्नुपर्ने कुरा नै के छ र ? पासवर्ड दिदा केही फरक पर्छ जस्तो मलाई त लाग्दैन । उसले लेखि यहीबाट पनि कुरा त भइराख्या छ त । तिमिलाई मेरो विस्वास नलागेको हो ? त्यसपछि मैले उसलाई फोन गरे । फोनमा केहिबेर डिस्कस भयो । अन्त्यमा उसले भनि तिमिलाई म प्रति बिस्वास रहेनछ भन्ने थाहा भयो । म तिमिलाई पासवर्ड दिन सक्दिन । तिमिसंग जहिले भेट हुन्छ म तिम्रै अगाडी खोलेर देखाइदिन्छु जे जे हेर्न मन लाग्छ मेरै अगाडि हेर्न सक्छौ । त्यसपछि २ दिनसम्म हाम्रो खासै कुरा भएन । तेस्रो दिन उसले आफै फोन गरी र अनलाईन आउन आग्रह गरी त्यसपछि पुन पहिलेजस्तै कुराको शिलशिलाले निरन्तरता पाउन थाल्यो ।


अर्को भेटमा हामि फिल्म हेर्न गयौ । हामि गोपिकृष्ण सिनेमा हल चावहिल पुगेका थियौ । त्यस समय नाई नभन्नु ल २ लागेको थियो । फिल्म शुरु हुनुपुर्व नै हामि सिटमा गएर बसेका थियौ उसले मेरो मोवाइल मागि र आफ्नो फेसबुक खोलेर देखाइदिने भन्न थालि मैले ओपेरा मिनि खोलेर आईडी पासवर्ड हान्न दिए । अनि मोवाइल मागे र लगईमा थिचे रिमेम्बर मि मा फटाफट क्लिक गरे फेसबुक खुल्यो । अनि होईन मैले त्यसो भन्न खोजेको थिईन भन्दै हेरेको जस्तो पारिदिनलाई अलिअलि च्याट लिस्ट नियालेजस्तो मात्र गरे । र उसकै अगाडि फेसबुक लगआउट गरेर उसले हानेको आईडी पासवर्ड उसकै अगाडि मेटिदिए । मलाई थाहा थियो मेटेको देखिएपनि ओपेरामिनि खोल्दा उसको अकाउन्ट सिधै लगइन हुन्छ । तरपनि मैले यसबारेमा खासै चासो नदेखाएजस्तो गरिदिए । फिल्म सकिएपछि हामि आ–आफ्नो डेरातिर लाग्यौ ।
मैले समयसमयमा उसको एकाउन्ट तथा च्याट लिस्ट नियालिरहन्थे । तर उसलाई यसबारेमा कुनै पत्तोसम्म थिएन । थाहा पाएको भए त पासवर्ड चेञ्ज गरिहाल्थि होलि । एकदिन म उसंग च्याट गरिरहेको थिए । कुरा गर्दै जाँदा उसको रिप्लाई अलि ढिलाढिला आउन थाल्यो । मलाई शंका लागेर ओपेरा पनि खोलेको थिए । मैले म्याजेन्जरबाट कुरा गरिराखेको थिए । कुरा गर्दै जादाँ मेरो काम छ म अफ हुन्छु भनि मैले हुन्छ भने । उ अफलाईन बसि । प्राय अफलाइन भएरै मसंग कुरा गरिराखेकि हुन्थि आजचाहि अनलाइन आएकी थिई । म संग बिदा मागिसकेपछि मैले ओपेरा खोलेर नियालिराखे । उसले एकजना केटासंग गफ गरिराखेकि थिई । एकदम परिचित जस्तो गरी गफ भइराखेको थियो । मलाइ यो कुरा सह्य भएन । धेरैबेरपछि मैले उसलाई मेरो अकाउण्टबाट बोलाए । तिमिले काम छ भनेको होईन के गर्दै छ्यौ ? अझै फेसबुकमा ? मैले प्रश्न गरे । उसले म बाहिर गएर आको, आएर भर्खरै फेसबुक खोल्दैछु भनि । मलाई रिसको पारा धेरै नै चढिसकेको थियो । मैले फोन गरेर त्यो केटासंग गरेको सबैकुरा भनिदिए । त्यसपटि उसले भनि त्यो केटा संगै पढ्ने साथि हो केटा भएपनि केटिजस्तै पाराको छ त्यहि भएर सबै केटि उसंग जिस्कन्छन, म पनि जिस्केको मात्र हो । साथै यो पनि भनि मेरो अकाउण्ट तिम्रोमा लगईन नै थियो भन्ने मलाई शंका त थियो । त्यसपछि हाम्रो धेरै भनाभन भयो । उसले मुख छोडेर गाली गरी । मलाई साह«ै रिस उठ्यो मैले भने आफ्नौ हुनेवाला श्रीमानलाई रेस्पेक्ट गर्न नसक्ने तजस्ता केटि हुनु र नहुनुको कुनै अर्थ छैन आजदेखि म तलाई चिन्दिन यति भनेर मैले फोन राखे । उसले शुरुमा फेसबुकको पासवर्ड चेन्ज गरी त्यसपछि मलाई ब्लक गरि । मैले उसको मोवाइल नम्बर ब्लयाक लिस्टमा राखिदिए यसरी हाम्रो सम्बन्धको अन्त्य भयो ।

उसको टाइमलाइन राम्रोसंग नियाले । उसले उसको लाग्नेसंग घुम्न गएका फोटोहरु पोष्ट गरेकी रहिछ । श्रीमानसंगै अंगालो मारेर खिचेको एउटा फोटोको क्याप्सनमा यस्तो लेखिएको थियो । नो वान इलेज उड अण्डरस्टाण्ड आवर रिलेसनसिप, एण्ड नो वान इलेज इन दिस वल्ड उड अण्डरस्टाण्ड मि द वे यु डु । यु आर ट्रुलि अ ब्लेजिङ फ्रम गड । केहि समयअघि उसैले मसंग भन्थि काठमाण्डौमा यति ठुलो भिड छ । यहा जस्तो मान्छे खोज्यो त्यस्तै मान्छे भेटन सकिन्छ । तरपनि मलाई हरपल केवल तिम्रै कमि महसुस हुन्छ । यत्रो जमातको बिचमा पनि मेरो एक्लोपना रत्तिभर घट्दैन । यदि मेरा बुवा आमा आफन्त सहित यो संसारलाई एकातिर र तिमिलाई अर्कोतिर राखेर रोज्न लगाइयो भनेपनि म सिर्फ तिमिलाई नै रोज्ने छु हजारौ हजार जुनिसम्म । तिम्रो अभाव अब यो सारा दुनिया कसैले पनि पुर्ति गर्न सक्दैन । मेरो कोष कोषमा तिमि गढेर बसेका छौ कहिल्यै नरित्तिने गरी । मेरो सबथोक भन्नु नै तिम्रो प्रेम हो । तिम्रो प्रेमलाई मैले भगवानको रुप ठान्ने गर्छु । त्यसैले हरेक दिन सुत्नुअघि तिम्रै प्रेमको प्रार्थना र उठनेबित्तिकै यसैको पुजामा आफुलाई समर्पित गर्ने गरेकी छु । मैले उससंग छुट्टिने बेलामा भनेको थिए हाम्रो सम्बन्ध यतिनै सम्मका लागि निर्धारण भएको रहेछ । सायद आजको दिन हाम्रो सम्बन्धको सिमारेखाको अन्तिम विन्दु हो । विगतको सम्झनाको नमिठो शुललाई निचोर्न खोज्दा असह्य पिडा त बेहोर्नु पर्ला तर समय बलबान छ । मलाई आशा छ समयसंगसंगै त्यसमा मलम पनि लाग्नेछ । समयले छिट्टै हामिालाई पुनर्जिवन पनि दिनेछ । त्यसपछि हाम्रो जिवनले अझै उत्कृट गारेटो पहिल्याउनेछ । जे हुन्छ राम्रोको लागि नै हुनेछ । तिमिले मलाई धोका नै दिएपनि कुनै समय तिमि मेरो सबैभन्दा प्रिय मान्छे पनि थियौ त्यसैले तिम्रो जिवन सदैव प्रगतीपथमा लम्किरहोस अलबिदा ।

उसले प्रेम सधैभरी अमर रहन्छ भन्थि मैले समय सबैभन्दा बलबान हुन्छ भन्थे । तरपनि आजसम्म म यहि दोधारमा छुकि प्रेम ठुलो होकी समय ? मैले अन्तिममा उसलाई भनेझै समयले ति पुराना सम्झनाहरुलाई भुलाएर जिवनलाई उबेगर पनि बाच्न सक्ने त बनायो तर प्रेम त मेटाउन सकेन नत्र किन उसले ब्लक गरेको मान्छलाई यति धेरै समयपश्चात फ्रेण्ड रिक्वेस्ट पठाउने कुचेष्टा गर्थि र ? अनि उसको फोटो देख्नेबित्तिकै मेरो मन नथामिएर आँखाबाट किन बर्सिन पुग्थ्यो र ? यदि प्रेम साच्चिकै उसले भनेजस्तै अमर हुदो होत उसंग बिताएका ति सबै पलहरु आलै हुनुपर्ने किन समयको चक्रसगै तिनमा खाटो पर्दै गयो ? किन म बिनाको जिवनको कल्पना गर्न सक्दिन भन्ने उ आज अर्कैलाई भगवान मानेर पुजा गरिरहेकी छे ? के उसले भनेजस्तै उसंगको सम्बन्ध मेरो याद भुलाउने बहाना मात्रै हो त ? उसको रिक्वेस्टले मेरो मनमा जवाफहिन यति प्रश्न तेस्याइरह्यो साच्चै प्रेम बलवान कि समय ?

लेखक सिद्ध कुमाख गाँउपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ ।