सरिता गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने

असार २३, २०७७


समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् ।

सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न पाउने छिन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी पुरानै वामपन्थी कार्यकर्ता हुन् ।

यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन् । तर, सरिता गिरीले लफडा गरेपछि लीलाको नाम पछाडि राखेर उनको नाम माथि राखिएको समाजवादीका नेताहरु बताउँछन् ।