“मेरो त्यो सानो पुन्टे”(कविता)
असार २८, २०७७
अनिमा बैद्म(थापा)


हिजो र्भखरै जस्तो लाग्छ
,हाउँगुजीआयो भन्दै
मेरो धोतीको सप्को समात्ने मेरो त्यो सानो पुन्टे
आज धेरै ठुलो भैसके छ,
मेरो त्यहीधोतीआजउसलाई गन्हाउछ रे ।
मैले कँहाबिर्सिएकी छु र,
मेरै औँला समातेर ताते ताते गर्ने मेरोत्यो सानो पुन्टे
आज त आँखाचिम्ली दौड्ने भैसके छ
त्यसैले त आफ्नै गाउँबेसी अचेल उसलाई बिरानो लाग्छ रे ।
अहिले र्भखरै जस्तो लाग्छ,मैले उसलाई
माटोमा क पुुरी क लेख्न सिकाएको
मेरो त्यो सानो पुन्टे,आज धेरै विद्घान भैसकेछ
पाखे भएबाउ,आमा सभ्यबनाउनु छ भन्छरे ।
मेरो मानसपटलमाअझै ताजै छ,
च्यातिएको चोलो लगाई,आधा पेट खाई
हुर्काएको मेरो त्यो सानो पुन्टे
आज धेरै धनि भैसके छ,
आमाबा को लागी एउटा बृद्घआश्रम बनाउँछु भन्छरे ।