तुलसीपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

असार २८, २०७७


तुलसीपुरमा करेन्ट लागेर एक युवकको मृत्यु मृत्यु भएको छ । तुलसीपुर ९ बेलुवा स्थित अर्जुन खड्काको घरमा पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागेर सल्यान कपुरकोट गाउँपालिका ५ रिम निवासी २६ बर्षिय कमल खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आइतवार विहान सवा ५ बजेतिर करेन्ट लागेर गम्भिर घाइते भएका खत्रीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । खड्काको घरमा उनले नै वायरिङ गरेको खुलेको प्रहरीले बताएको छ ।