चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन मूल्य भने तोलामा ९ सयले घट्यो

साउन २५, २०७७


२५, साउन, काठमाडौँ । चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा तोलामै ९ सय रुपैयाँले सस्तिएको छ । गत शुक्रबार प्रतितोला एक लाख तीन हजार पाँच सय कारोबार मूल्य तोकिएको सुनको भाउ आईतबार एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको हो ।

झण्डै दुई सातादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आईतबार समान्य गिरावट आएको हो । आइतबारकालागि महासंघको तेजावी सुनको भाउ १ लाख २ हजार एक सय रुपैयाँ तोकेको छ भने चाँदीको भाउ पाँच रुपैयाँ प्रतितोलामा बढेर १४ सय १० रुपैयाँ पुगेको छ ।