लकडाउनको मोडल परिवर्तन गर : व्यवसायि

भदौ १९, २०७७


दाङ, १९ भदौ ।
लकडाउनले मात्र समस्याको समाधान हुन नसक्ने व्यवसायिहरुले बताएका छन् । त्यसैले लकडाउनको मोडेल परिवर्तन गर्ने उनीहरुले माग गरेका छन् । लामो सयम देखि लकडाउन भए पनि समस्याको समाधान हुन नसकेको भन्दै जिल्लाका व्यवसायिहरुले यस्तो माग गरेका हुन ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षहरुसंगको जुम मिटिङमा उनीहरुले यस्तो बताएका हुन । नेपाल उद्योग वाणिज्य संघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज बन्जाडेले कोरोनाको कारण निजी क्षेत्र धेरै समस्यामा परेको बताए । कोरोना देखिएको स्थानमा लकडाउन गर्ने र अन्य स्थानमा खुला वनाउनु पर्ने उनको भनाइ रहेको छ । लकडाउन मात्र थपदै गएर नहुने उनले बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका खुल्ला पदको केन्द्रीय सदस्य पदमा उमेद्धार विमल रिजालले निजी क्षेत्र समस्या नै समस्यमा रहेको बताए । ‘अहिले निजी क्षेत्र दलदलको अवस्थामा रहेको छ’ रिजालले भने । राज्यलाई निजी क्षेत्रले सहयोग गरे पनि राज्यले निजी क्षेत्रलाइ सहयोग नगरेको उनको भनाइ रहेको छ । जिल्लामा रहेको लकडाउन खुकुलो वनाउदै जानु पर्ने उनको भनाइ रहेको छ । स्वास्थ्य सुरक्षा अपनाएर व्यसाय सञ्चालन गरिनु पर्ने रिजालले बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत (विरु) ले लकडाउनले पर्यटन, यातायात क्षेत्रमा वढी समस्या पु¥याएको बताए । निजी क्षेत्र धेरै समस्या भोग्दै अगाडि वढेको उनले बताए । नेपालीहरुका महान पर्वहरु नजिकीदै गएको कारण चार्डपर्वमा खाद्यान्न अभाव हुन नदिनका लागि सबै सहकार्य गरेर अगाडि वढनु पर्ने बताए । स्थानिय प्र्रशासन, स्थानिय तह संग सहकार्य गरेर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ ।
हापुरे उद्योग वाणिज्य संघका ज्ञानबहादुर आइतबारेले समुदाय सम्म कोरोना जान वाट रोक्नका लागि बाहिर वाट आउने मानिसलाइ क्वारेन्टाइनमा राखेर पि सी आर गरेर मात्र घर जाने व्यवस्था गर्नु पर्ने बताए । यसो गरेमा लकडाउन खुकुलो वनाएर अगाडि वढन सकिने उनको भनाइ रहेको छ ।
राप्ती उद्योग वाणिज्य संघका जगत पोख्रेलले काम गरेर खाने बातावरण निर्माण गरिनु पर्ने बताए । लामो समयको वन्दको कारण अहिले भोकले मर्ने अवस्था आएको बताए ।
गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले लकडाउन मात्र समाधानको उपाय नभएको भन्दै यसलाई परिवर्तन गरिनु पर्ने बताए ।
सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले सहज रुपमा व्यापार व्यवसाय गर्ने वातावरण सृजना गर्नु पर्ने बताए । बैठक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । बैठकको सहजिकरण संघका कार्यालय प्रमुख धनेश्वर शर्माले गरेका थिए ।