खानेपानी : एक काठमाण्डौ व्यथा

भदौ २१, २०७७     तेज बिनोद पाण्डे र रामचन्द्र पौडेल


मानिस लगायत अरु जीव जन्तु तथा रुख विरुवालाई बाँच्नको लागी आवश्यक कुराहरु के के हुन सक्छन ? हामी जो कोहीले नि सजिलै भन्न सक्छौ। हावा, पानी र खानेकुरा । हो१हरेक जीवबाच्ने आधारबनेकोे पानीको महत्वहरेक क्षण छ । मानव जीवन कै कुरा गर्ने हो भने नियमित पिउने देखि लिएर दैनिक हरेक किसिमका कृयाकलापसँग पानी जोडीएकै हुन्छ । कोठा खोज्दा, बसाई सर्दा, घर बनाउंदा सोधिने पानीकोउपलब्धताको प्रश्न आजमात्र होईन श्रृष्टिको आदिम कालबाट नै चलिआएकोमा दुई मत छैन ।हिन्दु धर्ममा पञ्चमहाभूत तत्व मध्य एक ‘जल’ रहेको उल्लेख छ भने अन्य धर्महरुमा पनि पानीको महत्व उत्तिकै वर्णन भएको पाइन्छ । नाइल नदीको किनारामा विकसित मिश्रको सभ्यता होस कि टिग्रिस र युफ्रेटसकोेकिनारामा विकसित मेसोपोटामियाको, मानव सभ्यताको विकासमा पानीको भुमिका अहम रहेका कुरा ध्रुवसत्य नैछ । मानव सभ्यताको बहु आयमिक महत्त्वो बोकेको पानीको उपयोग पिउने, सरसफाई, सिंचाई, औषधिको रुपमा, निर्माणमा मात्र होइन रणनितिक रुपमा उत्तिकै रहेको छ । भनिन्छ अब तेस्रो विश्व युद्ध भयो भने पानीको लागि हुनेछ ।

नेपालको संविधानको २०७२, को धारा ३५ (४) मा प्रत्यक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुंचको हक हुनेछ भनि मौलिक हकअन्तर्गत खानेपानी तथा सरसफाइलाई स्थापित गरिएको छ । यो मात्रै होइन, संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यहरुमासमेत छैटौं बुंदामा खानेपानी तथा सरसफाई समाविष्टरहेको छ भने यसको मापनको लागि सन्२०३० सम्ममा सुरक्षित तवरले व्यवस्थित खानेपानी प्रयोग गर्ने जनसंख्याको अनुपात प्रयोग गरिने उल्लेख छ ।

दैनिकजसो विश्वव्यापी रुपमा पानीको हाहाकारका समाचारहरु आउने गरेका छन भने बाग्मति र यसका शाखा नदिहरुले बेरेको काठमाण्डौको कथा पनि यसबाट अछुतो छैन ।तिव्र जनसंख्या वृद्धिदर, अव्यवस्थित शहरीकरण आदि कारणले गर्दा काठमाण्डौमा खानेपानीको समस्या व्याप्त छ ।पानीको चरम अभावका बावजुत देशको राजधानी शहर भएको र अरु भौतिक सेवा सुविधा अन्य ठाउँको तुलनामा अली बढी भएको कारणले अव्यवस्थित शहरीकरणलाई रोक्न सरकारले सकिरहेको छैन ।विश्वव्यापी रुपमा मात्र होइन नेपाल सरकारले पनि खानेपानी तथा सरसफाई क्षेत्रमा विशेषप्राथमिकता दिँदादिदै पनि काठमाण्डौको खानेपानी क्षेत्रमा आशातीत सुधार भएको भने पाइदैन ।

यसप्रकारले हेर्दा सहज पानीको समस्याको समाधान देखिएजस्तो सहजनभएको स्पष्टहुन्छ ।अझ काठमाण्डौको हकमा हेर्ने हो भने यहा भएका सतहि श्रोतका पानी प्रायजसो प्रयोगमा छन भने भुमिगत जलश्रोतमा पनि उत्तिकै भार बढिरहेको छ । बढ्दो शहरिकरणको कारणबाट कंक्रिटका निर्माणहरु बढेकाले अवशेषण घट्न गइभुमिगत जलपुनर्भरणमा समेत बाधा पुगेको छ । अन्य तत्कालिन विकल्पको रुपमाबर्षातको पानी संकलन आदि रहेतापनि नेपालमा बर्षा थोरै समयमा केद्रित रहने तथा पानीको माग उच्च रहेकाले बर्षातको पानी संकलन तथा भुमिगत जलश्रोतको उपयोग आदि विकल्पहरु मेलम्ची जस्ता पथान्तरणका आयोजनाका पुरकको रुपमा नै उपयुक्त दखिन्छन ।

जिउनको लागि मानिसलाइ हरेक दिन केहि मात्रामा पानी पिउनपर्छ जुन उमेर, लिङ्ग, बानिव्यहोरा मौसम आदिमा भर पर्दछ । एक जना वयस्क पुरुषलाईलगभग ३ लिटर र महिलालाई लगभग २.२ लिटर पानी दैनिक आवश्यक पर्ने विभिन्नअध्ययनले देखाएको छ ।सामान्यतया घरायसि प्रयोजनको लागि आवश्यक पानीलाई लिटर प्रतिव्यक्ति प्रतिदिन आवश्यक पर्ने दरको आधारमा हिसाब गरिन्छ । विश्व स्वास्थ्य संगठनले शहरीक्षेत्रमा पानीको यस्तो माग ११० देखि १५० लिटर प्रतिव्यक्ति प्रतिदिन सम्म हुुनसक्ने निर्धारण गरेको छ । विभिन्न आयोजना तथा प्रतिवेदनहरुले भविष्यका लागी काठमाण्डौको जनसंख्या तथा पानीको माग पूर्वानुमान गरेको भएतापनिसंघियतापश्चात आशातीत विकेन्द्रिकरण सफल नभएमा वास्तविकता अझै भयावह हुने अवश्यम्भावी छ ।काठमाण्डौमा खानेपानी वितरण गर्ने आधिकारिक संस्था काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको बार्षिक प्रतिवेदनले पानीको मागप्रतिदिन ४० करोड लिटर माथि रहंदा आपुर्ति भने लगभग १२ करोड लिटर प्रतिदिनमा मात्र सिमित रहेको अांकडा सार्वजनिक गरेको थियो । यसर्थ काठमाण्डौको तिर्खाको दिगो निराकरणको सम्भावना मेलम्चीबाट मात्रै देखिएतापनि प्रथम चरणबाटप्रतिदिन १७ करोड लिटर मात्र प्राप्त भएकाले हालको अवस्थालाईपनि प्रर्याप्त नहुने निश्चितप्राय छ ।

तत्कालिन समयमा मेलम्ची बाहेक अन्य विकल्पहरु सामाजिक तथा प्राविधिक दृष्टिले संभव नदेखिएर सुरु भएको मेलम्चिको इतिहास भने लामो छ । पूर्वप्रधानमन्त्रि स्व.कृष्णप्रसाद भट्टराइले निर्वाचनमा आफु विजयी भएको खण्डमा ५ बर्षभित्र मेलम्चीको पानी ल्याएर काठमाण्डौका सडक पखाल्ने योजना सुनाएपनिउनीनै निर्वाचनमा पराजित भएका थिए। पचासको दशकको मध्यतिर मेलम्ची खानेपानी विकास समिति गठन भएपनि औपचारिक रुपमा आयोजनाको सुरुवात भने सन् १९९८ मा भएको मानिन्छ । तत्कालीन नेपाल खानेपानी संस्थानको क्षमता तथा विश्वासनियता, व्यवस्थापन तथा कर्मचारी नियुक्तिमा व्यापक राजनितिकरणको कारणले क्षीण भएकोे तथ्यलाई नजिकबाट नियालेका एसियाली विकास बैंकर विश्व बैंकले आयोजना श्रिगणेशको चरणलाई नै निजी क्षेत्रसमावेश र संस्थागत पुर्नसंरचनाको पूर्वसर्त प्रस्ताव गरेका थिए ।

भनेअनुसार निजि क्षेत्रको सहभगिता सुनिश्चित नभएपछि विश्व बैंक र तत्पश्चात अन्य २ दातृ निकायहरुले लगानी झिकेपश्चात अन्योलमा पुगेको मेलम्चीको भविष्य सरकारले प्रतिबद्धताका साथ एसियाली विकास बैंकलाई विश्वस्त पार्नसफल भएपछिगति लिएकोे आयोजना सन् २००७ ताका फेरि शिथिल भएपश्चात पुर्नसंरचना गरि २ उपआयोजनामा खण्डीकरण गरि संचालन गर्न थालिएकोमा प्रथम उपआयोजनाको सुरुङ्ग, पानी प्रशोधन केन्द्र र सामाजिक उत्थान कार्यक्रम तथा दोश्रोउपआयोजनाले थोक वितरण ट्ंयाकी तथा प्रणली र वितरण प्रणाली हालसम्म निर्माणाधिन छन । जनस्तरको भाषामा मेलम्चि आयोजना भन्नेबित्तिकै यसमा रहेको सुरुङ्गनिर्माण वा पाइपलाइन विस्तारलाई मात्र बुझिएपनि सन् २००१ को ऋण समझदारी पत्रमा यसलाइ सुरुङ्गमार्ग तथा पथान्तरण निर्माण, पहुच सडक, थोक तथा बितरण प्रणाली सुधार तथा निर्माण, फोहोर पानी व्यवस्थापन प्रणालीको चरणबद्ध सुधार, मनोहरा क्षेत्रबाट थप पानी उत्पादन, आयोजना क्षेत्रमा सामाजीक आर्थीक तथा वातावरणीय सुधार र काठमाण्डौमा खानेपानी तथा सरसफाइसम्बन्धी नियामकनिकायकोस्थापना तथा भुमिगत जलश्रोतको व्यवस्थापनको समष्टिगत रुपमा चित्रण गरेकोथियो ।

स्व.भट्टराइले ५ बर्षमा ल्याउने वाचा गरेको मेलम्चीको पानीे काठमाण्डौ आइपग्नेुुऔपचारीक मिती सन् २००७ तोकिएपनि पटकपटक म्याद थप रसुरुङ्गनिर्माणको तेश्रो पटक ठेक्का सम्झौता हुंदापनि हालसम्म निर्माणाधिन छ । भनेअनुसार संस्थागत पुनसंरचना, राजनैतिक तटस्थता तथा सन् २००७ मा आयोजनाको संरचना नै परिवर्तन गर्दासमेत उल्लेख्य लक्ष्यहासिलनभएको तथ्यलाई मधयनजर गर्दा कतै हामीले अवलम्वन गरेको पद्धतिमै त खराबी होइन ?वस्तुगत रुपमा अनुसन्धान गर्न जरुरी देखिन्छ ।


हाल सुख्खायाम ताकाको आपूर्तिमा भुमिगत जलको योगदान यथेष्ठ रहेतापनि घट्दो पर्नभरणले गर्दा यसको दिगोपना शंसयपूर्ण देखिन्छ । एक दशकताकालाई मात्र फर्केर हेर्दापनि खानेपानी तथा सरसफाइक्षेत्रमाव्यापक सुधारिएको भएतापनि केहि बर्षअघिमात्र मुख्यत दुषित खाना तथा पानीबाट सर्ने हैजा रोग काठमाण्डौमैदखिएको तथ्यले थपसुधारको औचित्य पुष्टि गरेको नकार्न सकिन्न।
काठमाण्डौको जनसंख्या वृद्धिदरकम नभएको र यो देशको राजधानी सहर रहिरहेकोले अझै केहि समय थप मान्छेहरु आकर्षित हुने सर्वसम्मत नै देखिन्छ । फलस्वरुप एकातर्फ सहरीकरणमावृद्धि भईभुमिगत जल पुर्नभरणमा नकारात्मक प्रभाव पर्ने देखिन्छ, भने अर्कोतर्फ पानीको मागपनि बढ्नजाने देखिन्छ । यसर्थमा भविष्यमा प्रतिदिन ५१ करोड लिटर नै पानी मेलम्चीबाट आइपुग्दा समेत काठमाण्डौबासीलाईछेलोखेलो हुने ठोकुवा गर्नसकिने अवस्था छैन ।वर्तमानपरिप्रेक्ष्यमा मागको तुलनामापानी आपुर्तीन्यून भइरहेकोले माग व्यवस्थापन भन्दापनि हाललाई बर्षातको पानी संकलन, चुहावट नियन्त्रणआदिजस्तावैकल्पिकविधिहरुमाध्यान दिन जरुरी देखिन्छ भने मेलम्ची आयोजनाको सारथीको रुपमा अन्य आयोजनाहरुको समेत विकास गर्दामात्रै काठमाण्डौलाईदिर्घरोगरुपी खानेपानीको समस्याबट मुक्ति मिल्नसक्ने देखिन्छ ।

अहिले विश्व नै कोरोना भाईरस महामारीले आक्रन्त पारी रहेको परिपेक्ष्यमा नेपाल पनि अछुतो रहन सकेको छैन। बिशेष गरी घना अवादी र पानीको अभाव भएको काठमाडौं जस्तो शहर यो महमारी को चपेटामा नपर्ने कुरै भएन । यस्ता वखत सरसफाईमा बिशेष ध्यान दिनु पर्ने समयमा प्रभावकारी ढंगबाट सफा पानी उपलब्ध नहुँदा महामारी संक्रमण फैलिने जोखिम उच्च रहन्छ। खानेपानीको सहजतासँगै महामारी नियन्त्रण पनि जोडीएकोले खाने पानी क्षेत्रसँग सबन्धित व्यक्ती तथा संघ संस्थाहरुले यथासिग्र पहल कदमी चाल्नु पर्ने आवश्यकता छ । प्रयाप्त पानीको उपलब्धताबाट मात्र कोरोना भाईरस लगायतका महामारी नियन्त्रण सम्भव भएकोले काठमाडौं जस्तो संवेदनशील ठाउँमा खानेपानी तथा सरसफाई संयन्त्रलाई प्रभावकारी बनाउन सरोकार निकायको ध्यान जान जरुरी छ ।

लेखक द्वय खानेपानी तथा सरसफाई क्षेत्रमा कार्यरत ईंन्जिनियर हुनुहुन्छ ।