१०७औँ बिपी जन्मजयन्तीकाे अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग

भदौ २४, २०७७


भदौ २४, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ। तरुण दलले आज कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो।

तरुण दलले पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिई) र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण ९पिपिइ० र २० थान फेस शिल्ड सहयोग गरेको हो।  कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कोभिड–१९ को जोखिम बढिरहेका बेलामा अग्रभागमा रहेर जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गरिएको बताए।

उक्त स्वास्थ्य सामग्री कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएका थिए। यस्तै तरुण दलले १०७औँ बिपी जन्मजयन्ती सामाजिक दूरी कायम गरेर विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्रसमेत गरिसकेको छ। आज कांग्रेस र सो पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गरी बिपीजयन्ती मनाउँदै छन् ।