निर्देशक छेतन गुरुङको निधन
भदौ २४, २०७७

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको गए राती २ बजे निधन भएको हो । उपचारका क्रममा उनको निधन भएको वुझिएको छ । कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । उनको काठमाण्डौको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
लेखक गुरुङले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’को स्क्रिप्ट लेखेका थिए । यस्तै, उनले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ । छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढे सँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन । उनी, नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए । छेतनको ४२ बर्षको उमेरमा निधन भएको हो ।