लियो क्लव दाङको अभियान ‘हजुरको मास्क खोई ?’
लियो क्लव अफ दाङ तुलसीपुरले तुलसीपुरका विभिन्न स्थानमा ‘हजुरको मास्क खोई ?’ नामक कोरोना भाईरस सम्वन्धि जनचेतनामूलक व्यानर टाँसेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन लियो क्लव अफ दाङ तुलसीपुरले जनचेतनामूलक व्यानर टाँसेको हो ।
बजारमा आउने कतिपय मानिसले मास्क प्रयोग नगरेर हिड्ने भएकाले उनिहरुलाई सचेत बनाउन ‘हजुरको मास्क खोई ?’ सचेतनामुलक व्यानर तुलसीपुरका विभिन्न ८ मुख्य-मुख्य स्थानमा टाँसेको लियो क्लव अफ दाङ तुलसीपुरका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । तुलसीपुरका मुख्य-मुख्य चौक, प्रहरी विट लगायतका स्थानमा सो व्यानर टाँसेर सबैलाई कोभिड (१९) बच्न मास्क अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको अध्यक्ष केसीले बताउनुभयो ।
कोरोना भाईरसबाट बच्न विभिन्न सचेतनामूलक कार्यक्रम, मास्क वितरण लगायत कोरोना भाईरस सम्वन्धि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको अध्यक्ष केसीको भनाई छ ।