हेल्पिङ हेन्डसद्वारा तुलसीपुरमा फुड बैंक स्थापना
दाङ,२७ भाद्र।
सामाजिक संस्था हेल्पिङ हेन्डस दाङले आजबाट तुलसीपुरमा मास्क तथा खाद्यान्न सामग्री बितरण अभियान सुरु गरेको छ। बिगत ५ बर्षदेखि सामाजिक कार्यमा सक्रिय हेल्पिङ हेण्डस दाङ्गले ´हुनेले छोडेर जाउ, नहुनेले लिएर जाउ` भन्ने उद्देश्य सहित फुड बैंकको सुरु गरेको हो ।
रिपोर्टस क्लबका दाङ्गका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि फुड बैकको उद्घाटन गरिएको छ।
कोरोना कहर सुरु भएसंगै सबैभन्दा धेरै प्रभावित भएका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको साझ बिहानको छाक टार्न नै समस्या भएको कारण यस्तो अभियानको सुरुवात गरिएको संस्थाका अध्यक्ष सालिकराम गौतमले बताउनुभयो।
भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरु पवित्र हुने भन्दै यो अभियानमा जोडिन सबै सहयोगी मनहरुलाई संस्थाका सचिव प्रमोद रियाज अचार्यले आग्रह गर्नु भएको छ।
आज पहिलो दिन ३७ घरपरिवारलाई दाल, चामल, नुन, तेल, साबुन र मास्क सहयोग गरिएको सस्थाका उपाध्यक्ष दिपेस ढकालले जानकारी दिनुभयो ।यो अभियान आगामी एक हप्तासम्म चल्नेछ।