सिन्धुपाल्चोकमा पहिरोले दुई गाउँ बगायो, १७ घर पुरिए, एकको शव फेला

भदौ २८, २०७७


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा गएराति पहिरो जाँदा १७ घर पुरिएका छन् ।  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा पहिरोले नागपुजेका ७ घर र भीरखर्कका १० घर बगाएको जनाइएको छ । 

माथिबाट खसेको पहिरोले बगाउदा नागपुजेमा पुरिएका एक जनाको शव फेला परेको छ । शवका पहिचान भने हुन सकेको छैन । 

बेपत्ता भएका अन्यको खोजीको लागी स्थानीय, आफन्त र सुरक्षाकर्मी लागेको बताइएका छ । त्यस्तै भिरखर्कमा १० घर पुरिएको खबर आएपछि सुरक्षाकर्मी पुगिनसकेको बतायएको छ ।