लमही–घोराही सडकखण्ड भासियो, एकतर्फी सवारी सन्चालन

भदौ २८, २०७७


२८ भदौ, दाङ । दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन गरिएको छ ।

लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ । साथै सडकमा चिरा परेका छन् । दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सन्चालन गरिएको छ ।

लमही–घोराही सडकखण्ड हाल जीर्ण हुँदै गएको छ । घोराही क्षेत्रमा सिमेन्ट कारखाना भएका र ती कारखानाका लागि आवश्यक ठूला टिपर र मालवाहक ट्रक नियमित सन्चालन हुँदा सडक जीर्ण बन्दै गएको स्थानीय बताउँछन् ।