दाङमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ९ सय बढी

भदौ २९, २०७७


दाङ, भदौ २४ । दाङमा आज एकै दिन ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जसमा बबई गाउँपालिकाका ८ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र घोराही उपमहानगरपालिकाका १९ जना रहेका छन् । शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परिक्षणका क्रममा १७ जना र बबई गाउँपालिकामा २० जनाको स्वाव परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका फोलक पर्सन कमल चन्दले बताउनुभयो ।

यससँगै दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ पुगेको छ । जसमध्ये ७ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ । आज कोरोना पुष्टि हुनेमा अधिकांश समुदाय स्तरबाट संकलन गरिएको र केही क्वारेन्टाइनबाट संकल गरिएको स्वाब रहेको फोकल पर्सन चन्दले बताउनुभयो ।