नेकपा सर्कुलेसन : सामाजिक सञ्जालमा लेख्नेदेखि गुट भेलामा रोक

भदौ ३०, २०७७


भदौ ३०, नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता बलियाे बनाउन सर्कुलेसन जारी गरेका छन्। जसमा नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्नेदेखि गुटको भेला गर्नसम्म रोक लगाइएको छ। सोमबार जारी गरेको ‘अन्तरपार्टी निर्देशन-५’ मा पार्टीलाई अनुसाशित र मर्यादित बनाउने प्रतिवद्धता जनाइएको छ।

जसका लागि नेता तथा कार्यकर्तालाई कडाइका साथ दुवै अध्यक्षले जारी गरेको सर्कुलर पालना गर्न निर्देशन दिइएको छ। दुवै अध्यक्षले जारी गरेको निर्देशनमा सार्वजनिक रुपमा तथ्यहीन र अमर्यादित आरोपप्रत्यारोप बन्द गर्न निर्देशन दिइएको छ। त्यस्तै, पार्टी हित विपरितका गतिविधिलाई कडाइका साथ रोक्न पनि सचेत गराइएको छ।