केन्द्रिय महाधिबेसन सम्पन्न भएको एक महिनापछि तुलसीपुर उधोग बाणिज्य संघको निर्बाचन गर्ने निर्णय ।


तुलसीपुर, भदौ ३१ तुलसीपुर उधोग बाणिज्य सघंको आकस्मिक बैठक बिहिबार सम्पन्न भएको छ । बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले आगामि अधिबेसनका लागि नेपाल उधोग बाणिज्य महासघंको महाधिबेशन सम्पन्न भएको संघको बार्षिक साधारण सभा र नया नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
सो अबसरमा बिषम परिस्थितिमा निर्बाचन हैन सर्ब सम्मत मार्फत नया कार्य समिति चयन गर्न पुर्ब अध्यक्षहरुले सुझाब दिनुभएको छ । कार्यक्रममा निबर्तमान अध्यक्ष बिमल रिजाल,सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,पुर्ब अध्यक्षहरु गणेश प्रेम श्रेष्ठ,चिरन्जिबि रिजाल,उत्तम कुमार श्रेष्ठ,हेमन्त रिजाल,कानुनि सल्लाहकार प्रबिण लम्साल,सल्लाहकार सुरेश हमाल, नारायण प्रसाद खनाल,प्रेस सल्लाहकार शरद रेग्मी लगायतले कोभिड १९ का कारन सबैक्षेत्र अस्तब्यस्त भैरहेको भन्दै परिस्थिति सहज भएपछि मात्रै निर्बाचन सम्पन्न गर्नुपर्ने सुझाब दिएका थिए । कार्यक्रमको सहजिकरण महासचिब रुपबहादुर खत्रिले गर्नुभएको थियो । सो अबसरमा १ महिनाको घर भाडा छुट गरेको भन्दै सल्लाबकार सुरेश हमाल र बरिष्ठ सदस्य यज्ञबहादुर केसिलाई सम्मान गरिएको थियो ।