नेकपा सचिवालय बैठकको एजेण्डा मन्त्रिपरिषद् पुनर्गठन
असोज ०१, २०७७

असोज १, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार सचिवालय बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे बैठक बोलाइएको एक नेताले बताए । स्रोतका अनुसार सांगठनिक एकताको बाँकी कामसँगै संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठनबारे छलफल गर्ने बैठकको एजेण्डा छ ।
पार्टीको आन्तरिक विवादबारे सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्ने उल्लेख थियो । तर १९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।तर शुक्रबार बोलाइएको सचिवालयको एजेण्डामै परेको मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठन रहेको एक नेताले बताए ।