लामो दुरीका सार्वजनिक गाडी ६ महिनापछि सडकमा

असोज ०१, २०७७


असोज १, कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन र निषेधाज्ञा लगाएपछि रोकिएका लामो दूरीका बस ६ महिनापछि गुड्न थालेका छन्। बिहीबार यातायात व्यवासयीहरुले विश्वकर्माको पूजा गर्दै सवारी साधन सञ्चालन गरेका छन्। गत चैत ११ गतेदेखि लकडाउन सुरु भए सँगै लामो दूरीका सार्वजनिक यातायातका साधन बन्द भएका थिए।

सरकारले सञ्चालन गर्न दिने निर्णय गरे सँगै आज देखि गुड्न थालेका हुन्। आज विश्वकर्मा पूजा पनि परेकाले यातायात व्यवसायीले सवारी साधन सरसफाइ तथा पूजाआजा गरेर सञ्चालनमा ल्याएका छन्। बसपार्कमा पनि टिकट काउन्टर खुलेको छ। यात्रुहरु बिहानै देखि टिकट काट्न सुरु गरेका छन्।