सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक असोज ८ गते हुने

असोज ०२, २०७७


असोज २, सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक आगामी असोज ८ गते (२४ सेप्टेम्बरमा) हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने बैठक भर्चुअल माध्यमबाट हुने छ । सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने छन् । बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने अपेक्षा गरिएको छ ।