पुराना कानुनहरु संशोधन गर्दै जानुपर्छ प्रजिअ -रिजाल

असोज ०३, २०७७


शरद रेग्मी
तुलसीपुर, असोज ३
जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मुलुक सघिय प्रणालिमा गैसकेको हुदा पुराना कानुनहरु ससोधन गर्दै जानुपर्ने बताउनुभयो ।पुराना कानुनहरु अहिले नया सम्रचना अनुसार उपयुक्त नभएको भन्दै ससोधन गर्नुको बिकल्प नभएको प्रष्ट पार्नुभयो ।
उहाले जनताको चाहाना र अपेक्षा अनुसार स्थानिय प्रशासनले सहजिकरणको भुमिका खेल्नुपर्ने बताउनुभयो ।
रोटरी क्लब अफ तुलसीपुर सिटिको आयोजनामा सम्पन्न कार्यक्रममा अतिथी वक्ताको रुपमा उपस्थित हुनु भएका प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लामा सुसासन कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ ।
उहाले सुसासन,पार्दर्शिता र शान्ति सुरक्षा कायम गर्न स्थानियको सहयोग प्राप्त भयो भने कानुन कार्यान्वयन गराउन सहजता प्राप्त हुने बताउनुभयो । साथै उहाँले रोटरीले समाजमा गरेको योगदानको समेत खुलेर प्रशंसा गर्नुभयो ।
रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालको जिवनी र उहाँको व्यक्तित्वको बारेमा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पार्नुभएको थियो । क्लबका प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीले स्वागत गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष देव बहादुर केसीले क्लबले गरेका सामाजिक गतिविधीको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा क्लवका भाबी अध्यक्ष शिव श्रेष्ठ पूर्वअध्यक्ष कुशल तर्ताल, अनुप कुमार श्रेष्ठ, बिमल रिजाल, ललित बहादुर घर्ती लगायतको उपस्तिथी थियो ।
क्लबका सहसचिव बुद्ध प्रकाश सिंहले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र केसीले गर्नु भएको थियो ।