कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु
असोज ०४, २०७७

असोज ४, कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनको शव व्यवस्थापन समेत भइसकेको पौडेलले अनलाइनखबरलाई बताए । हालसम्म नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । ती मध्ये ४ सय १ जना निको भएका छन् ।