मन्त्री फेरबदलबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

असोज ५, मन्त्रीहरु फेरदबल गर्ने विषयमा छलफल गर्न आज पनि नेकपा सचिवालय बैठक बस्न लागेको छ। नेकपा जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा आज दिउसो १ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा मन्त्रीहरु फेरबदल र राजनीतिक नियुक्तीका विषयमा छलफलल हुने जनाएको छ। आइतबारको बैठकमा पनि केही विषयमा छलफल भएको थियो। तर, निर्णय हुन सकेको थिएन्।
आज ति विषयमा निर्णय हुनसक्ने नेकपा स्रोतले जनाएको छ। आइतबारको बैठकमा चार विषयमा छलफल भएको थियो। जसमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्ने एजेन्डा रहेका थिए। तर, कुनै पनि निर्णय भएको थिएन। आज मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने जनाएको छ। त्यसका लागि विभिन्न विकल्पमा छलफलमा आएका थिए ।
जसमा प्रधानमन्त्रीबाहेक सबै मन्त्रीको राजीनामा, राम्रो काम गरेकालाई पुनर्नियुक्ती, दुई वर्ष पुगेकालाई बिदाइ र कार्य सम्पादनका आधारमा कमजोरको बिदाइ रहेका छन्। आजको बैठकमा पनि यिनै विकल्पबारे छलफल हुने जनाएको छ। यससँगै संवैधानिक नियुक्तीका विषयमा पनि निर्णय हुनसक्ने एक नेताले बताए ।