पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु
असोज ०७, २०७७

असोज ७, कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४३६ पुगेको छ। यस्तै, बुधबार नेपालमा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ। संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १८९३ जना घर फर्किएका छन्।