इदि अमिन र केपी ओलीमा कुनै फरक छैन : केन्द्रीय सदस्य प्रदीप पौडेल

मंसिर १८, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदि अमिन र प्रधानमन्त्री केपी शर्मा ओलीमा कुनै फरक नभएको बताएका छन्। बिहीबार ब्यास नगरपालिका स्थित बुल्दीखोलाको पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले केपी ओलीले संविधान कानून सबै आफैँ हुँ भन्ने अहंम देखाउन थालेकाले उनी र इदि अमिनबीच कुनै फरक नभएको बताएका हुन्।
उनले तनहुँका सिडिओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए। सिडिओ आचार्यसँग सिडिओ हुने योग्यता नपुगेको भन्दै उनले भने सिडिओ साप अब तनहुँमा नबस्नुहोला रामचन्द्र पौडेल जतिको मान्छेलाई मैले पुल उद्घाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन हिजो पुल उदघाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो ।
आज खोई सकेकोरु जनसागर देखेर डराउनुभयो। त्यसैले तपाईंसँग सिडिओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला। उनले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सिडिओ र लोकतन्त्रका लागि कहिल्यै नलडेको एक जना ठेकेदार विचौलिया प्राविधिक कारण सांसद भएको मान्छे प्रहार गर्न हिम्मत गर्न नसक्ने भन्दै केपी ओलीले नियतबस पौडेलमाथि प्रहार गरेको बताए ।
तनहुँका सांसद किसान श्रेष्ठ एक दिन पनि कष्टडीमा नपरेको पञ्चायतमा होइन गणतन्त्रमा पनि नलडेको भन्दै उनले सम्पति शुद्धिकरण विभाग ओलीको कब्जामा नभएको भए छानविन सांसद श्रेष्ठबाट छानविन सुरु हुने बताए ।