सुधिर र श्रेयाको ‘त्यस्तै त्यस्तैमा’

मङि्सर २२, २०७७


निर्देशक विधान कार्कीको निर्देशनमा ‘त्यस्तै त्यस्तैमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा सरोज साजन श्रेष्ठ र समिक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यो गीतमा यूवायूवतीविचको प्रेम, आकर्षण र मायालाई प्रस्तुत गरिएको छ ।

गीतलाई अर्जुनले डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् । भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षेत्री र रुविसा श्रेष्ठको मोडलिङ हेर्न सकिन्छ । भिडियोमा प्रकाश घिसिङको लगानी, सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।