काठमाडौंको तापक्रम १०.४ डिग्री सेल्सियस, दिनभर मौसममा बदली

मङि्सर २३, २०७७


काठमाडौं । काठमाडौं उपत्याकाको आज विहानको तापक्रम १०.४ डिग्री सेल्सियस रहेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौं उपत्यकाको दिउँसोका तापक्रम १८–२० डिग्री सेल्यिस रहने छ । 

“काठमाडौंमा आज दिनभर घाम लाग्ने र बादल लाग्ने भइरहन्छ,” उनी भन्छिन्, “तर काठमाडौंमा बदली हुने भए पनि वर्षाको सम्भावना भने छैन ।”

अहिले विहान प्रदेश नं. १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । बाँकी स्थानमा मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो प्रदेश नं. १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली हुने छ । प्रदेश नं. २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरको भनाइ छ । 

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउने तथा तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । तराईका केही जिल्लामा देखिएको हुस्सु दिउँसो फाटेर जाने छ ।