बार्सिलोनालाई हराउँदै युभेन्ट्स समूह विजेता

मङि्सर २४, २०७७


काठमाडौं । इटालियन क्लब युभेन्ट्सले समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोना माथि ३–० गोलको जित निकालेको हो । 

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै वेस्टोन एमसीकेनले एक गोल गरे । उता बार्सिलोनाका लागि कुनै पनि खेलाडीले प्रभाव जमानउ सकेनन् ।

खेलको १३ औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । २० औं मिनेटमा एमसीकेनले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । 

५२ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाए । जितसँगै युभेन्ट्सले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । युभेन्ट्स समूह विजेता बनेको छ । समान अंक भएको बार्सिलोना समूहको उपविजेता बनेको छ ।