लायन्स क्लवलाई लियोको निरन्तर सहयोग । संस्थापक अध्यक्ष डि.आर.एनद्धारा नगद ११ हजार १ सय ११ रुपैया हस्तान्तरण ।।


लायन्स क्लव अफ दाङको बन्दै गरेको भवनलाई थप मजवुत बनाउन लियो क्लव अफ दाङ तुलसीपुरका संस्थापक अध्यक्ष ध्रुव राज न्यौपाने (डि.आर.एन) ले आर्थिक सहयोग गर्नुभएको छ । आज एक कार्यक्रममा विच उहाँले लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमाललाई नगद ११ हजार १ सय ११ रुपैया हस्तान्तरण गर्नुभएको हो । सामाजिक कार्यमा विगत देखि नै जोडिदै आउनु भएका न्यौपानेले लायन्स क्लवको भवनलाई आफुले पनि सहयोग गरी सामाजिक कार्यमा एउटा ईट्टा जोड्न पाउदा निकै खुसी भएको बताउनुभयो । साथै लायन्स क्लवका अफ दाङका अध्यक्ष शुरेस हमालले लियो क्लवले लायन्स क्लवको भवनमा संगसगै हातेमालो गर्दै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि लियो क्लवको सक्रिय सहभागीताका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा लियो क्लवका सल्लाहकार शरद रेग्मी,पत्रकार निमु संगम घर्ती,लियो क्लवका उपाध्यक्ष राजेन्द्र महतरा लगायतले वोल्नुभएको थियो । यस अघि पनि लियो क्लव अफ दाङ तुलसीपुरले आर्थिक सहयोग गरिसकेको छ ।