त्रीशिदेश्वरी स्पोर्ट्स क्लबको अध्यक्षमा: डागी

मङि्सर २६, २०७७     लक्ष्मण बस्नेत



त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर दाङ को अध्यक्ष मा कमल डागी पुनः चयन हुनु भएको छ !
तुलसिपुरमा आज शुक्रबार सम्पन्न क्लबको तेस्रो अधिवेशन ले डागी को अध्यक्षता मा ११ सदस्यीय नयाँ कार्य समिती सर्वसहमती ले पुनर्गठन गरेको हो ! जसको उपाध्यक्षमा क्षेत्र प्रकाश ओलि,सचिब संजोग गिरि,कोषाध्यक्ष नवीन राई,सह-सचिब स्वस्तिमा न्यौपाने रहनु भएको छ ! त्यसैगरी सदस्यहरुमा स्माईल अन्सारी,दिनेश पाण्डे,निराजन पुन,बिस्णु खत्री, निलम बस्नेत र रोशन बस्याल रहेको सचिव संजोग गिरि ले जानकारी दिनु भएको छ ! अधिवेशन क्लबका अध्यक्ष कमल डागिको अध्यक्षतामा भएको थियो !
यसैबिच अधिवेशन पश्चात् क्लबका अध्यक्ष कमल डागिको अध्यक्षतामा बसेको पहिलो बैठक ले क्लब लाई थप चलाएमान बनाउन क्लबको सल्लाहकार चयन तथा जिम्मेवारी बाडफाड गरेको छ !
जस अनुसार क्लबको सल्लाहकारमा समाजसेवी सामाजिक अभियन्ता बिमल रिजाल,खेलप्रेमी तथा समासेवी ईन्द्रबिर डागी,यज्ञ बहादुर केसि,युवा उधोगी बिनिल केसि,खेलकुद पत्रकार लक्ष्मण बस्नेत रहनु भएको छ !
त्यसैगरी क्लबको सिनियर टिम क्याप्टेनमा स्माईल अन्सारी,भाईस क्याप्टेन संकर बुढा,टिम कोच संजोग गिरि, टिम म्यानेजर लक्ष्मण बस्नेत,त्यस्तै जुनियर टिम क्याप्टेनमा सन्दिप डागी,भाईस क्याप्टेन भरत ओलि,टिम कोच बिजय ओलि,टिम म्यानेजर अबिनव शर्मा रहनु भएको छ !