प्रधानमन्त्री ओली राजावादीसँग मिले : देउवा
मङि्सर २९, २०७७

मंसिर २९, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा राजा आऊ देश बचाऊको नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे ।
सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए, उनले भने, ओली नै राजासँग मिलेको भए थाहा छैन ।
होइन भने कसरी आन्दोलन भएको छ, उनले अघि भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो पार्टी गणतन्त्रलाई स्थापित गर्न प्रतिवद्ध रहेको बताएका छन् ।