प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा
मङि्सर ३०, २०७७

मंसिर ३०, प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् । दलका नेताले नै आफू विरुद्धको गतिविधि गर्दै हिँडेको भन्दै उनले गुरुङको राजीनामा माग गरेका हुन् ।
नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले मंसिर २८ गते बसेको स्थायी कमिटीको बैठक पछि गुरुङलाई बोलाएर प्रमुख सचेतकबाट राजीनमा माग गरेका हुन्। जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए ।