प्रधानमन्त्री ओली र प्रचण्ड पुन : छलफलमा, महासचिव पौडेल पनि सहभागी

पुस १, सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि छलफलमा जुटेका छन्। बालुवाटारमा बोलाइएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि दुई अध्यक्षबीच फेरि छलफल सुरु भएको हो। छलफलमा महासचिव विष्णुप्रसाद पौडेल पनि सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले आफू नआउने अडान कायमै राखेपछि नेकपाकै सांसद भीमबहादुर रावल र पम्फा भुसाल सांसदको हस्ताक्षरसहित संसद अधिवेशन माग गर्दै शीलत निवास पुगेका छन्। संसद अधिवेशन बोलाउन माग गर्दै उनीहरु राष्ट्रपनि निवास पुगेपछि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी शीतलनिवासमा बुझाउन लागिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए।
सरकारले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ। संसद अधिवेशनको मुखमा अध्यादेश ल्याउनु अलोकतान्त्रिक काम भएको भन्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेताल लगायतका नेताहरुले तत्काल फिर्ता लिन माग गर्दै आएका छन् ।