जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा
पुष ०५, २०७७

पुस ५, नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिसगरेपछि जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्।
आइतबार प्रधानमन्त्रीको कदमपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता थापाले प्रधानमन्त्रीको पछिल्लो कदमले ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका हुन्।