संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राईले छोडे ओली पक्ष
पुष ०९, २०७७

पुस ९, संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राईले नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन । राई दम्पतीले बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै आफूहरु विघटित संसदको पक्षमा नरहेको र ओली समूहको केन्द्रीय सदस्य स्वीकार गर्न नसकिने बताएका छ ।
विज्ञप्तिमा उनीहरुले पार्टी विभाजनले कसैको हित नहुने भन्दै एक भएर देशको हितमा लाग्न आग्रह गरेका छन । प्रदेश १ बाट समाजिक विकास राज्य मन्त्री जसमाया गजमेर , झापाका सांसद गोपाल बुढाथोकी, उदयपुरकी सांसद कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलगायतले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरिसकेका छन ।