संसद विघटनको विरोधमा कांग्रेसले पुस १३ गते देशभर प्रदर्शन गर्ने
पुष ०९, २०७७

पुस ९, नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संसद विघटनको विरोधमा पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । महामन्त्री खड्काका अनुसार संसद विघटनको विरोधमा १६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिनेछ ।