‘छक्का पञ्जा ३’ लाई युट्यूवमा रेकर्ड ब्रेक भ्यूज

पुष २६, २०७७


गत डिसेम्बर २३ मा इन्टरनेट प्रिमियर गरिएको फिल्म ‘छक्का पञ्जा ३’ ले युट्यूवमा रेकर्डब्रेक भ्यूज पाएको छ । फिल्म अपलोड भएको १७ औं दिनमै करोड बढि भ्यूज मिलेको छ । संभवत कुनै पनि नेपाली फिल्म युट्यूवमा यति छिटो करोड क्लबमा पुगेको यो पहिलो हो ।

फिल्मलाई समाचार तयार पार्दासम्म युट्यूवमा १ लाख ७१ हजार लाइक मिलेको छ भने १७ हजारले डिसलाइक गरेका छन् । ९ हजार ३ सय बढि मिश्रित प्रतिक्रिया व्यक्त हुँदा धेरैले नेपालको शैक्षिक वेथितीको कथा उठाएको फिल्मलाई उत्कृष्ट लेखेका छन् ।

दीपाश्री निरौंलाको निर्देशनमा बनेको फिल्म युट्यूव रिलिजको लागी दर्शकले ब्यग्र प्रतिक्षा गरेका थिए । यो फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, लक्ष्मी गिरी, शिशिर बाङ्देल, नीर शाह, शिवहरी पौड्याल, किरण केसी लगायत मुख्य अभिनयमा छन् ।