आज २९९औँ पृथ्वी जयन्ती

पुष २७, २०७७


पुस २७, आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ।१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए ।

यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ। २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२ र ०६३ सालको आन्दोलन पछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो ।