ओली समूहको केन्द्रीय कमिटीमा १५ सय १ सदस्य

पुष २७, २०७७


पुस २७, नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठकले तीन सदस्य थप गरेको छ । तीन जना थपिएसँगै ओली समूहको केन्द्रीय कमिटीमा १५ सय १ जना सदस्य भएका छन् ।

पुस ७ गते सुरु भएको बैठकमा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या १ हजार ९९ पुर्‍याउने निर्णय गरेको थियो। ९ गते सकिएको बैठकले यसलाई ओली समूहले केन्द्रीय कमिटीको विस्तार भनेको छ ।

२०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा तत्कालीन एमालेका तर्फबाट २ सय ४१ र पूर्वमाओवादीका तर्फबाट २ सय गरी ४ सय ४१ जनाको केन्द्रीय कमिटी बनेको थियो । ४ सय ४१ मध्ये प्रचण्ड नेपाल नेतृत्वको नेकपामा २ सय ९७ जना रहेका छन् ।