प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे’

फागुन ०२, २०७७     डि.आर.एन.


प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ ।
संभवत यस्तै मान्यताले नेपालमा पनि प्रणय दिवस मनाउने प्रचलनमा वृद्धि भएको छ । प्रेम दिवस आफैमा एक रोमान्टिक दिन हो । मानिस बाच्नका लागि अक्सिजन जति महत्वपूर्ण छ, प्रेमिल मनहरुको लागि पनि “प्रेम दिवस” त्यति नै महत्वपूर्ण छ । प्रेम एउटा अथाह भाव हो जसले जीवन डोर्याउछ, जिवन बाच्ने आधारशिला प्रदान गर्छ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ ।

किन मनाइयो त प्रेम दिवस ? यसको सूत्रपात कसरी भयो ?

खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे । जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो । आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’राजाले सन २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे ।

सुरुवाती दिनमा विधिवत रुपमा प्रणय दिवस मनाइन्थ्यो । त्यसबेला प्रेमी प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै प्रणय दिवस हो ।

पहिला एक दिन अर्थात फेब्रुअरी १४ लाई प्रणय दिवस भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा प्रणय दिवस मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ । त, प्रेम दिवस सुरु भइसकेको छ । अतः फेबुअरी ७ देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेबु्रअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात मेरो मुटु तिम्रो लागि हो ।

प्रेम स्वतस्फुर्त रुपमा हुने कुरा हो । प्रेम मानिसको आत्माबाट आउने एक प्रकारको सकारात्मक भाव हो जसले एक प्रकारको आत्मीयता जोगाईदिन्छ ।
प्रेम दिवस अर्थात्त भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला । प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षौ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ ।

प्रेमिल जोडिहरुले भन्छन् यो संसार मायामा अडिएको छ । मायामा अडिएको यो संसारलाई मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुश्साहस त गर्न सकिदैन तर यति अवस्य हो कि यो संसारको हरेक प्रेमिल मनहरुमा मायाको गुरुत्वआकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेको हुन्छ ।

लेखक चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाका निवर्तमान अध्यक्ष हुन् ।
लेखकको वारेमा थप जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/dhrubarajneupane.drn