लखन थापा स्मृति कप फुटबल सुरु, युनाईटेडको बिजयी सुरुवात

फागुन ०२, २०७७     लक्ष्मण बस्नेत



प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ आज आईतवार देखि सुरु भएको छ ।
नेपाल मगर युवा संघ तुलसिपुर को आयोजना तथा नेपाल मगर संघ तुलसिपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिती दाङको संयुक्त ब्यबस्थापन मा दाङ तुलसिपुर अरनिको मैदान संचालित प्रतियोगिता को माननीय सभासद हिरा चन्द्र केसि ले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी केसि ले सिङ्गो खेल क्षेत्र लाई देशको समृद्धि संग जोडेर लगे मात्र खेलकुद ले अपेक्षाकृत रुपमा फड्को मार्ने बताउनु भएको छ !मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेल क्षेत्रको बिकास तत्कालको आबश्यक्ता हो अब स्थानिय स्तर बाटै खेलकुद को बिकासमा जुट्नु पर्ने बेला आएको छ उहाले भन्नु भयो ।
त्यस्तै बिशिस्ट अतिथी तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेले खेलकुद को शहर तुलसिपुर लाई खेलकुदको हवको रुपमा बिकास गर्ने लक्ष्य का उपमहानगर अगाडि बढेको बताउनु भयो । हामी स्थानिय स्तर बाट खेलकुद को बिकास गर्नु पर्छ भन्ने लक्ष्य र उदेश्य का साथ अगाडि बढेका छौ यसमा सबैको चासो र चिन्तनको आबश्यक्ता छ उहाले भन्नू भयो । बिशिस्ट अतिथी नेपाल मगर संघ का केन्द्रीय बरिस्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तिमगर ले खेलकुदको उच्च आदर्श लाई आत्म साथ गर्दै खेल बिकास मा जुट्नु पर्ने बताउनु भयो ।
जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्ति का लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको हो ।
यसैबिच प्रतियोगिता संचालन मुल समिती का संयोजक घनश्याम पुनको अध्यक्षता मा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष खलु पुन, गोरखा माबी तुलसिपुरका प्राचार्य बिजय जिएम ले नेपालका प्रथम सहिद लखन थापाको सम्झना र सम्मान का लागि आयोजना गरिएको प्रतियोगिता लाई भब्य, सभ्य र बिबाद रहित बनाउन सबैमा आग्रह गर्नु भयो ।
प्रतियोगिता का प्राबिधिक उपसमिती संयोजक ईन्द्र पुनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा विभिन्न झाकी जुलुस सहित आएका मगर संस्कृती झल्कने नृत्य हरु प्रस्तुत गरिएको थियो ! कार्यक्रम को संचालन नेपाल मगर संघ तुलसिपुर नगर कमिटी का अध्यक्ष राम कुमार घर्ती र एच आर मगर ले गर्नु भएको थियो ।
यसैबिच स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा युनाईटेड युथ क्लब तुलसिपुर ले बिजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा बिजौरी फुटबल क्लब लाई सुन्यका बिरुद्ध १ गोल अन्तर ले पाखा लगाउदै युनाइटेड ले बिजयी यात्रा सुरु गरेको हो ! प्रतियोगिता अन्तरगत भोलि सोमबार तुलसिपुर ४ खाद्रे र शान्तिनगर गाउँ पालिका बिच हुनेछ । खेल बिहान ८ बजे सुरु हुने प्रतियोगिता प्राबिधिक उपसमितिका संयोजक ईन्द्र पुन ले जानकारी दिनु भएको छ ! प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,डिएन दहाल,बिनोद बिक,सुरेन्द्र चौधरी र आदेश केसि रहनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः ५० र २० हजार नगद,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ! प्रतियोगिता मा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।