स्विमिङ पूलमा साम्राज्ञीसँग रोमान्टिक बने पुष्प

फागुन १०, २०७७     सम्पूर्ण कुरा


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘तिम्रो मेरो साथ’का केही तस्वीर सार्वजनिक गरेकी छिन् । सार्वजनिक गरिएको तस्वीरमा उनी चलचित्रका मुख्य नायक पुष्प खड्कासँग रोमान्टिक देखिएकी छिन् ।

यो चलचित्रको छायांकन केही दिन अगाडि मात्र सकिएको हो । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी र पुष्पको साथमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका छ ।

साम्राज्ञी र पुष्प स्विमिङ पूलमा देखिएकी छिन् । पोखरामा एक गीतको छायांकनका क्रममा पुष्प र साम्राज्ञी स्विमिङ पूलमा देखिएका हुन् । साम्राज्ञीले आफ्नो कामप्रति प्रेम र उमंग भयो भने जे पनि गर्न तयार हुनुपर्छ भनेर लेखेकी छिन् ।

यो चलचित्रलाई नेपाल अगाडि अमेरिका, अष्ट्रेलिया र बेलायतबाट प्रदर्शन गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

#बिग बाेस