दाङको तुलसिपुरमा लखन थापा स्मृति कप फुटबल जारी

फागुन ११, २०७७     लक्ष्मण बस्नेत


युएनबिसी र युनाईटेड फाईनल भिड्ने


युएनबिसी घोराही र युनाईटेड युथ क्लब तुलसिपुर नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ को फाईनलमा भिड्ने भएका छन् ।
नेपाल मगर युवा संघ तुलसिपुर को आयोजना तथा नेपाल मगर संघ तुलसिपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिती दाङको संयुक्त ब्यबस्थापन मा तुलसिपुर अरनिको मैदानमा जारी प्रतियोगिता को सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एस एस एफ ए तुलसिपुर लाई ट्राईबेकरमा २ का बिरुद्ध ३ गोल अन्तर ले पाखा लगाउदै युनाईटेड युथ क्लब तुलसिपुर ले फाईनल यात्रा तय गरेको हो । उल्लेख्य दर्शकको उपस्थितीमा भएको निक्कै कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म १/१ गोलको बराबरी भएपछी खेल को नतिजा ट्राईबेकर बाट निकालिएको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सक्सेस फुटबल क्लब तुलसिपुर लाई सुन्यका बिरुद्ध १ गोल अन्तर ले पाखा लगाउदै युएनबिसी घोराही ले युनाईटेड संग को फाईनल यात्रा पक्का गरेको हो । कडा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ्को ३८ औ मिनेटमा युएनबिसी का जर्सी न १८ का खेलाडी आकाश बुढामगरले गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगिता को फाईनल खेल फागुन १२ गते बुधबार दिउँसो १ बजे हुनेछ । लखन थापा कप उपाधी चुम्ने होडमा रहेका दुबै टिम बिच हुने फाइनल खेल शसक्त र शानदार हुने अपेक्षा गरिएको छ ।
जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्ति का लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,डिएन दहाल,बिनोद बिक,सुरेन्द्र चौधरी र आदेश केसि रहनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछ ! त्यस्तै उपबिजेता टिम ले नगद ५० र सेमिफाइनल सम्म पुगेका दुई टिम ले क्रमशः १० / १० हजार नगद हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका संयोजक घनश्याम पुनले जानकारी दिनु भएको छ ! प्रतियोगिता मा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।